प्रतिनिधिसभाको बैठक दिउँसो २ बजे बस्ने

<span class='c1'>प्रतिनिधिसभाको बैठक दिउँसो</span> <span class='c2'>२ बजे बस्ने</span>

काठमाडौँ । प्रतिनिधिसभाको बैठक निर्धारित समयमा सुरु हुन नसकेपछि दिउँसो २ बजे बस्नेगरी समय निर्धारण गरिएको छ । बैठक आज बिहान ११ बजे बस्ने कार्यसूची थियो ।

सङ्घीय संसद् सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेका अनुसार सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठक समय परिवर्तन गरी आज दिउँसो २ बजे बस्नेगरी निर्धारण गर्नुभएको हो ।

“प्रतिनिधिसभाको बैठक विशेष कारणले निर्धारित समयमा बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम (२) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम सभामुखले सभाको बैठक आजै दिउँसो २ बजे बस्नेगरी निर्धारण गर्नुभएको व्यहोरा सांसहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ”, पाण्डेद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्

slide 3 of 2