आज थप १६६ जनामा कोरोना भाइरसको संक्रमण

आज थप १६६ जनामा कोरोना भाइरसको संक्रमण

आज थप १६६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यसबारे जानकारी दिएका हुन् । उनले एक सय ६२ पुरुष र ४ महिलामा संक्रमण देखिएको पनि बताए ।

प्रवक्ता देवकोटाका अनुसार हालसम्म कोरोना भाइरसको आशंकामा पीसीआर विधिबाट ६९ हजार ५८२ वटा नमुना परीक्षण गरिएको छ । पछिल्लो चौबीस घण्टामा कोरोना भाइरसको आशंकामा २ हजार ८५३ वटा नमुना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

सातै प्रदेशका विभिन्न क्वारेन्टाइनमा १ लाख १९ हजार १९२ जना रहेको पनि उनले जानकारी दिए । आज थप एकजना कोरोना संक्रमित निको भएर घर गएका छन् । कोरोना निको हुनेको संख्या २२० पुगेको छ । डिस्चार्ज हुनेमा पुरुष १७२  र महिला ४८ जना छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्