बलिउड संगीतकार वाजिद खानको मृत्यु, कोरोनाको शंका

बलिउड संगीतकार वाजिद खानको मृत्यु, कोरोनाको शंका

बलिउड संगीतकार वाजिद खानको मृत्यु भएको छ । गायक सोनु निगमले गएराति वाजिदको मृत्यु भएको पुष्टि गर्दै आफ्नो फेसबुकमा लेखेका छन् ।

बीबीसँग उनको परिवारले भनेको छ, “उनको आत्माका लागि प्रार्थना गर्नुहोस् ।” सञ्चारमाध्यमहरुका अनुसार वाजिद कोरोना संक्रमित थिए ।

उनको परिवारका अनुसार वाजिद किड्नीका विरामी थिए । र उनको दुई वर्ष पहिला किड्नीको प्रत्यारोपण गरिएको थियो । उनको घाँटीमा संक्रमण भएको थियो ।

उनलाई चेम्बुरको सुराणा अस्पतालमा भर्ना गरिएको थियो । उनको कोविड–१९ को परीक्षण रिपोर्ट आउन बाँकी रहेको बीबीसीले जनाएको छ ।

वाजिद खानको पछिल्लो गीत ‘भाइ—भाइ...’ पछिल्लो हप्ता मात्रै रिलिज भएको थियो । उक्त गीत उनले सलमान खानसँग सहकार्य गरेर बनाएका थिए ।

वाजिद खान आफ्ना भाइ साजिद खानसँग मिलेर संगीत भर्थे । उनी १९९८ मा सलमान खान अभिनित चलचित्र ‘मैने प्यार किया से’बाट चर्चामा आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्