वरिष्ठ कलाकार जयनन्द चन्द ठकुरीको ८० वर्षको उमेरमा निधन

वरिष्ठ कलाकार जयनन्द चन्द ठकुरीको ८० वर्षको उमेरमा निधन

वरिष्ठ कलाकार जयनन्द चन्द ठकुरीको ८० वर्षको उमेरमा निधन भएको छ ।

आइतबार बिहान साढे ११ बजे ललितपुर बागडोलस्थित  निवासमा उनको निधन भएको कलाकार संघका अध्यक्ष रबिन्द्र खड्काले जानकारी दिए ।

उनको पशुपती स्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिएको छ ।

फिल्म ‘जीवन रेखा’ बाट अभिनय सुरुवात गरेका कलाकार ठकुरी प्यारालाइसिसका कारण लामो समय देखि घरमा थलिएका थिए । सुगर, प्रेसर राेगबाट समेत पिडित उनले फिल्मसँगै थुप्रै टेलिसिरियल र म्युजिक भिडियोमा समेत अभिनय गरेका छन् । उनी पछिल्लो पटक फिल्म ‘भागी भागी नजाऊ’ मा नदेखिएका थिए । ‘विश्वास’, ‘भाग्य रेखा’, ‘फेरि भेटौँला’, ‘मायालु’, ‘युद्ध’ लगायतका थुप्रै फिल्ममा चरित्र अभिनेताको भूमिका निर्वाह गरेका चन्दले भारतीय फिल्म ‘पञ्चओटी’ तथा पाकिस्तानी एक फिल्ममा समेत अभिनय गरेका थिए ।

चन्दकी एक छोरी र श्रीमती छन् ।

उनको निधनबारे निर्देशक दिपाश्री निरौलाले पनि फेसबुकमार्फत् जानकारी दिएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्