विद्यार्थीलाई अनलाइन,टेलिभिजन तथा रेडियोबाट पठनपाठन गराउने तयारी

विद्यार्थीलाई अनलाइन,टेलिभिजन तथा रेडियोबाट पठनपाठन गराउने तयारी

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड १९ को संक्रमणका कारण अवरुद्ध रहेको सिकाइ प्रणालीलाई सुचारु गर्न र विद्यालय जाने उमेरका बालबालिकालाई विद्यालयमा नियमित पठक पाठन नभएसम्म आफ्नो परिवेश अनुकूल सिक्ने वातावरण सिर्जना गर्न दूर तथा खुला शिक्षालगायत वैकल्पिक प्रणालीको माध्यमबाट सिकाइ सहजीकरण गर्ने तयारी गरेको छ ।

सबै किसिमको प्रविधिको पहुँचभन्दा बाहिर रहेका विद्यार्थी समूहका लागि चालु शैक्षिक सत्रमा अध्ययन गर्ने कक्षा यकीन गरी सो को अभिलेख राखी पाठ्यपुस्तक उपलब्ध गराउने योजना सरकारको कार्यसूचीमा छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट स्वाध्ययन वा सामग्रीको विद्युतीय प्रति तयार गरी वेबसाइटमा राख्ने, प्रदेश र स्थानीय तहले समन्वय गरी उक्त सामग्री छपाइ गरी विद्यालयलाई उपलब्ध गराउने र स्थानीय तहले अभ्यास पुस्तिकाहरु छपाइ गरी वितरण गर्ने सरकारको तयारी छ ।

त्यसैगरी रेडियो, एफएममा पहुँच भएका विद्यार्थीलाई सिकाउने व्यवस्था मिलाइँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्