होटल मालिकसहित ९ जना व्यापारी जुवा खेल्दै गर्दा समातिए

होटल मालिकसहित ९ जना व्यापारी जुवा खेल्दै गर्दा समातिए

काठमाडौंको कमलादीस्थित एक होटलबाट होटल मालिकसहित ९ जना व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ । जुवा खेलिरहेका उनीहरुलाई २ लाख ७७ हजार ७ सय २० रुपैयाँसहित प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा अशोक अग्रवाल, पुरुषोत्तम अग्रवाल, गाविन्द सरिया, रामचन्द्र संघाई लगायत रहेका छन् ।

उनीहरु सबैलाई महानगरीय प्रहरी वृत दरबार मार्गबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको एएसपी श्याम ज्ञवालीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्