२० श्रावण २०७७, मंगलवार

सिकलसेल एनिमियाबाट यसरी बचौ – सुर्य नारायण चौधरी

परिचय
एनिमिया विश्वकै जस्वास्थ्य समस्या हो | यो भिन्न उमेर समुहमा देखा पर्न सक्छ ।खास गरि गर्भवती महिला र बच्चामा देखिए बढी जोखिम हुन्छ । उचित पौष्टिक तत्वको सेवन नगर्दा एनिमिया हुनसक्छ ।सिकलशेल एनिमिया बिभिन्न जात जातिमा देखिए पनि थारु समुदायमा बढी देखिन्छ | खासगरी तराइ, समतल, गर्मि र जाडो ठाउँमा बसोबास गर्ने जसलाई पनि यो समस्या देखिन सक्छ । गर्भबती अबस्थामा यो समस्या भएमा आमा र बच्चा दुवै को लागि खतरा हुनसक्छ ।

सर्बप्रथम १९१० मा डा.ज्याम्सले पहिलेपटक सिकलसेल एनिमिया पत्ता लागाए ।नेपालमा लुम्बिनी जिल्लाको कपिलबस्तुमा यो पहिलो पटक देखा परेको हो । यु.एन. ले २००८ मा सिकल सेल एनिमियालाइ विश्वको जनस्वाथ्य समस्याको रुपमा घोषना गर्यो ।हाल १९ जूनमा विश्व सिकलसेल डे मनाइन्छ ।
हाम्रो सरिरमा हुने रातो रक्त कोषको बिकार अबस्था भई शरीरमा देखापर्ने अबस्था नै सिकलसेल एनिमिया हो । शरीरको रातो रक्तकोषको बनाबटमा बदलाब आई यो कडा र हसिया आकारको हुन् जान्छ। जसले गर्दा तन्तु र रक्तनली सम्म सजिलै प्रोटिन,अक्सिजन हेमोग्लोबिन पुर्याउन सक्दैन र रगतमा हेमोग्लोबिनको मात्रा सामान्य भन्दा कम हुन् जान्छ जसलाई सिकलसेल एनिमिया भनेर भुझ्छौ । आमा वा बुवामा यो रोग छ भने बच्चामा पनि सर्ने सम्भाबना बढी हुनजान्छ ।

रोगको अबस्था
नेपाल स्वास्थ्य मन्त्रालयको प्रतिबेदन २०७४/७५ अनुसार पाँच बर्ष मुनिको बच्चामा ५३%,गर्भवती महिलामा ४६% र १५-१९ बर्षको गर्भवती महिलामा ४३.६% एनिमिया रहेको छ ।
विश्व स्वाथ्य संगठन अनुसार प्रत्येक बर्ष तिन लाख भन्दा बढी बच्चाहरुमा रगत सम्बम्धित समस्याहरु हुदै जन्मिन्छन । ५% लाइ बंशानुगत हेमोग्लोबिनको समस्या भएर जन्मिन्छन ।

घाना र नाइजेरिया तिर २०-३०% देखा पर्छ भने युगान्डामा ४५%सम्म देखा पर्ने गरेको छ । नेपाल स्वास्थ्य तथा जनसख्या मन्त्रालयले २००० थारु जातमा यो रोगको आंशका गरेको छ । Mid western र far western मा १३०० व्यक्तिमा यो रोग निदान गरेको देखिन्छ । २०१२ मा इन्स्टिच्युट अफ मेडिसिनले गरेको अनुसन्धान मा ८० % - ९०% थारु समुदायमा यो रोग देखा परेको छ भने अरु समुदायमा २% देखिएको छ । यसैगरि २०१६ मा पोखरा विश्वबिधालयले गरेको अनुसन्धानमा थारु समुदायमा १२% सिकल सेल एनिमिया रहेको पाएको थियो ।

जोखिम समुह
यो जुनसुकै उमेर समुहको मानिसमा देखा पर्न सक्छ । ५बर्ष भित्रका बच्चा र गर्भवती महिला बढी जोखिम हुन्छन ।मलेरिया प्रभाबित क्षेत्रमा बसोबास गर्ने र इम्मुनिटी पावर कमजोर भएको व्यक्तिमा यो समस्या देखा पर्ने सम्भावना बढि हुन्छ।

कस्तो लक्षण देखा पर्न सक्छ
ज्वरो आउने , खोकी लाग्नु , छिटो छिटो सास फेर्नु , छाला पहेलो हुनु , आँखा सेतो हुनु , थकाइ लाग्नु , हात ,खुट्टा सरिर सुन्ननिनु र दुखाइ महसुस हुनु , छाती पेट दुख्नु , बिरामी भैरहने हुनु , समय अगाबै बच्चा हुने तथा कम तौलको बच्चा जन्मिने, बच्चाको वृद्धि विकास राम्रो नहुने तथा फुर्तिलो नदेखिने लक्षण देखिन्छ | यस्ता लक्षण देखा पर्नासाथ जति सक्दो छिटो भन्दा छिटो अस्पतालमा सम्पर्क गरि उपचार गराउनु पर्छ ।

नेपाल सरकारको योजना
नेपाल हेल्थ रिसर्च काउन्सिलले अनुसन्धान गरी रोग हटाउन अग्रसर भूमिका खेलिरहेको छ । नेपाल सरकारले सिकलसेल एनिमियाबाट पिडित व्यक्तिलाइ आर्थिक सयोग गर्दै उपचारमा सहयोग पुर्याउने उदेश्यले अस्पतालबाट सेवा दिइरहेको छ ।

बच्ने उपाय

१ रोगको बारे जनचेतना फैलाउने र बच्ने उपायको प्रबर्धन गर्नु, सुरक्षाका उपाय अपनाउनु , सुरुकै अबस्थामा उपचारको लागि प्रेरित गर्नुपर्छ ।
२ प्रभावित क्षेत्रमा बस्ने दम्पतीले सन्तान जन्माउने विचार भए गर्भवती हुनु अगाबै बंशानुगत बिज्ञसंग सल्लाह लिनु पर्छ ।
३ गर्भवती र सुत्केरी अबस्थामा थप पौष्टिक आहार खाने गर्नुपर्छ ।
४ बच्चालाइ पूर्ण रुपमा स्तनपान गराउने, थप खानेकुरा तथा पोष्टिक खुवाउने ।
५ पूर्ण खोप लगाउने ।
६ उमेर अनुसर तौल र उचाई बढेको वा नबढेको विचार गर्ने ।नबढेको भए तुरुन्त स्वास्थ्य सल्लाह लिने |
७ पौषटीक तत्व ,सन्तुलित तथा स्वास्थ्य भोजनको लागि उत्प्रेरित गर्ने वा लिने ।
८ प्रसस्त मात्रामा पानी खाने ।
९ वातावरण सरसफाइमा जोड दिने ।
१०. हरिया सागसब्जी, गेडागुडी, माछा,मासु दुध दहि आवश्यकता  अनुसार खाने ।

निष्कर्ष
सन्तुलित भोजनले एनिमियालाई कम गर्न सकिन्छ । स्थानीय रुपमा पाउने खानेकुरालाइ जोड दिनु पर्छ । आवश्यक परे नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ ।मलेरिया इन्डेमिक हुने ठाउँमा सिकल सेल एनिमिया बढी देखा पर्छ । थारु समुदायले मलेरिया पचाएको इतिहास बिभिन्न लेखहरुमा पढ्न पाइन्छ ।

यो बिषयमा थप अनुसन्धानको जरुरी देखिन्छ । एनिमिया सबै जात जातिमा हुने गर्छ| सिकल सेल एनिमिया खास गरि पश्चिमको थारुहरुमा देखिएको छ । सिक्ल सेल एनिमिया रोग लागिसकेको अबस्था हुनाले पूर्ण उपचारात्मक सेवामा जोड दिनु पर्छ । भविष्यमा यो समस्या नहोस भनेर जनस्वाथ्यका गतिबिधिमा हामी, हाम्रो समुदाय र राज्यले बिशेष जोड दिनु पर्ने हुन्छ ।

सुर्य नारायण चौधरी
कोशी हेल्थ एण्ड साइन्स क्याम्पस, बिराटनगर
प्राध्यापक , जनस्वाथ्य विभाग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु



COVID-19 Stat: 2020-8-3

Country Confirmed Death
Nepal2075057
India185574538938
China880994672
Malaysia9001125
Qatar111322177
Australia18730232
US4713540155402
Saudi Arabia2800932949