जुवा खेल्ने क्रममा पक्राउ परेका ९ जना व्यापारीहरुमाथि अनुसन्धान जारी

जुवा खेल्ने क्रममा पक्राउ परेका ९ जना व्यापारीहरुमाथि अनुसन्धान जारी

कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण र रोकथामको लागि सरकारले सामाजिक दुरी कायम गर्न आग्रह गरेपनि लकडाउनकै बेला होटलमा जुवा खेल्ने क्रममा पक्राउ परेका ९ जना व्यापारीहरुमाथि प्रहरीले अनुसन्धान जारी राखेको छ ।

तीन दिन अघि पाँच दिनको लागि म्याद थपेर प्रहरीले जुवाखालमा बरामत भएका १ सय ७९ वटा चिप्समाथि प्रहरीले अनुसन्धान गरिरहेको हो ।

सोमबार राति कमलादीस्थित गणगौर रिजेन्सी बुटिक होटलमा जुवा खेलाइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारी ९ व्यवसायीलाई पक्राउ गरेको थियो ।

महानगरीय प्रहरी वृत्त दरबारमार्गले जुवाको खालबाट व्यापारीहरू रामचन्द्र संघाई, सुरेशकुमार अग्रवाल, बिमल खेतान, विमल आहुजा, पुरुषोत्तम अग्रवाल, गोविन्द अग्रवाल, अशोककुमार अग्रवाल, नन्दकिशोर शर्मा सहितलाई पक्राउ गरेको थियो ।

पक्राउ परेका सबै जनालाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले मुलुकी अपराधसंहिताको जुवासम्बन्धी कसूरमा अनुसन्धानका लागि पाँच दिन हिरासतमा राखेर अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त दरबारमार्गका डिएसपी रन्जन दाहालले बताए ।

जुवाखालबाट पक्राउ परेका व्यापारीहरू विभिन्न बैंक, बीमा कम्पनीलगायत उद्योग व्यवसायमा संलग्न रहेका छन् । प्रहरीले जुवाको खालबाट २ लाख ७७ हजार रुपियाँ नगद बरामद गरेको थियो । प्रहरीले जुवाको खालबाट २ लाख ७७ हजार रुपियाँ नगद बरामद गरेपनि चिप्सकाे भ्यालु लाखाैँकाे थियाे । चिप्सबाट लाखाैँकाे जुवा खेलाइ भएकाे अनुमान गर्न सकिन्छ ।

डिएसपी दाहालले भनेे ,‘म्याद थपेर पक्राउ परेका जुवाडेहरु अहिले हिरासतमा छन, आज तेस्रो दिन अनुसन्धान भइरहेको छ, उनीहरुको साथबाट पक्राउ गरिएको १ सय ७९ वटा चिप्समा कारोबार भएको विषयमा अनुसन्धान भइरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्