सप्तरीमा दुई पक्षबीच झडप : ८ राउण्ड हवाई फायर,एक दर्जनभन्दा बढी घाइते

सप्तरीमा दुई पक्षबीच झडप : ८ राउण्ड हवाई फायर,एक दर्जनभन्दा बढी घाइते

बुधबार बिहान सप्तरीको छिन्नमस्ता गाउँपालिकामा दुई पक्षबीच झडप हुँदा एक दर्जनभन्दा बढी घाइते भएका छन् । जग्गा सम्बन्धी विवादमा दुई पक्षबीच झडप भएको प्रहरीले जनाएको छ ।

झडपको क्रममा १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) तथा प्रवक्ता तिलक भारतीले जानकारी दिए ।

झडपको स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरीले ४ र सशस्त्र प्रहरीले ४ गरी ८ राउण्ड हवाई फायर गर्नुपरेको डीएसपी भारतीले बताए । सशस्त्र प्रहरीका प्रवक्ता प्रविण कुमार श्रेष्ठले स्थिति नियन्त्रण गर्न सशस्त्रले ४ राउण्ड हवाई फायर गर्नुपरेको पुष्टि गरे ।

दुवै पक्षले एक अर्कामाथि घरेलु हतियार, खुर्पा, कोदालो, लठ्ठी, गैचीलगायतले आक्रमण गरेका थिए । स्थिति नियन्त्रणमा आइसकेको र घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी गरेर एक सयभन्दा बढी परिचालन गरिएको छ ।

घटनामा घाइते भएकाहरुलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । - रातोपाटि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्