कोरोना बीमा योजना बन्द , बीमा कम्पनीहरू कोरोना बीमाबाट पाखा लागे

कोरोना बीमा योजना बन्द , बीमा कम्पनीहरू कोरोना बीमाबाट पाखा लागे

निकै आक्रामक रूपमा सञ्चालन गरिएको तथा सरकारले आगामी आर्थिक वर्षको बजेटमा महत्वका साथ राखेको कोरोना बीमा योजना बन्द भएको छ ।

कोरोना भाइरसको संक्रमणपछिको जोखिम न्यूनीकरणका लागि बोकेको दायित्व बोझ भएको भन्दै बीमा कम्पनीहरू यसबाट पछि हटेका हुन् ।

‘आफ्नो घाँटी हेरेर हाड निल्नुपर्ने’ अवस्थामा दायित्व बोझ बढी भएको भन्दै बीमा कम्पनीहरू कोरोना बीमाबाट पाखा लागेका हुन् । निर्जीवन बीमा कम्पनीले गर्दै आएको कोरोना बीमा शुक्रबारबाट बन्द भएको छ । यद्यपि, कम्पनीहरूले आफूहरूले ठोस योजनाका साथ आउन सक्ने भन्दै यसलाई बन्द नभई स्थगित भएको बुझ्नुपर्ने दाबी गरेका छन् ।

कोरोना भाइरस संक्रमण देखा परेपछिको आर्थिक जोखिम न्यूनीकरण गर्नु बीमा कम्पनीहरूको सामाजिक उत्तरदायित्व भएको भन्दै बीमा समितिले गत वैशाख ७ गतेदेखि कोरोना बीमा शुरू गरेको थियो । पोलिसी बिक्री भएसँगै बीमा गराउनेको संख्या अहिले करिब ३ लाख पुगेका छन् । यससँगै कोरोना संक्रमितको संख्यामा वृद्धि हुन थालेको छ ।

कोरोना बीमाको जोखिम बढी भएको भन्दै नेपाल बीमक संघका महासचिव चंकी क्षेत्रीले बीमा समिति र बीमक संघबीचको छलफलपश्चात शुक्रबारदेखि कोरोना बीमा स्थगित गरिएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्