बुढिगंगामा युवाहरुद्वारा वृक्षारोपण, एक सय बिरुवा रोपियो

<span class='c1'>बुढिगंगामा युवाहरुद्वारा वृक्षारोपण, एक</span> <span class='c2'>सय बिरुवा रोपियो</span>

सिर्जनशील युवा समाज नेपालले विश्व वातावरण दिवसको अवसर पारी आज वृक्षारोपण सम्पन्न गरेको छ ।

बुढिगंगा वडा नं. ३ स्थित स्वास्थ चौकीको चौरमा आयोजित उक्त वृक्षारोपण कार्यक्रममा फरक प्रजातीका १ सय विरुवा रोपिएको हो । साथै सोही अवसर पारेर संस्थाले सरसफाई कार्यक्रम समेत आयोजना गरेको संस्थाका अध्यक्ष सागर थापाले बताए ।

विभिन्न अवसर पारी सिर्जनशील युवा समाजले सामाजिक कार्यहरु निरन्तर रुपमा गर्दै आएकोमा आगामी दिनमा समेत यस्ता कार्यलाई निरन्तरता दिने संस्थाका सचिव आयुष अधिकारीले बताए । कार्यक्रममा संस्थाका पदाधिकारी, राजनीतिक दलका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्