जनकपुर । प्रदेश २ मा पछिल्लो २४ घण्टामा २ बालक र एक महिलासहित २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जनकपुर २० स्थित देवपुरा विद्यालयको क्वारेन्टाइनमा रहेका ३ जना पुरुष र जनकपुरको गोपाल धर्मशालाको क्वारेन्टाइनमा रहेका एक जना २१ वर्षीय युवकमा संक्रमण पुष्टि भएको छ ।
महोत्तरीको मटिहानीमा १४ वर्षीय एक किशोर र १० जना अन्य पुरुष र महोत्तरी गाउँपालिकाका २६ वर्षीय अर्को पुरुषसहित १२ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
रौतहटमा पुनः ६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । जिल्लाको इशनाथ नगरपालिकामा ३८ वर्षीया एक महिला, ३ र ९ वर्षीय बालक तथा अन्य २ पुरुषमा गरी ६ जनामा संक्रमण पुष्टि भएको हो । बारामा ३ जना संक्रमित देखिएको मन्त्रालयले जनाएको हो ।
प्रदेश २ मा शुक्रबारसम्म संक्रमितको संख्या ९८३ पुगेको छ । ती मध्ये १२३ जना संक्रमित निको भएर घर फर्केका छन् । सप्तरीका १, धनुषाका ५, महोत्तरीका ३, सर्लाहीका १, रौतहटका ३, बाराका ९ र पर्साका ९६ जना संक्रमित निको भएर अस्पतालबाट घर फर्केको मन्त्रालयले जनाएको छ ।