सुनसरीमा एम्बुलेन्सको ठक्करबाट साइकल यात्रीको मृत्यु

<span class='c1'>सुनसरीमा एम्बुलेन्सको ठक्करबाट</span> <span class='c2'>साइकल यात्रीको मृत्यु</span>

सुनसरीमा एम्बुलेन्सको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । एम्बुलेन्सको ठक्करबाट सुनसरी बर्जु–१४ का ४० वर्षीय मनोजकुमार माझीको मृत्यु भएको हो ।

शुक्रबार बेलुका ८ बजे मोरङ बुढिगंगा गोकुवा चोक राजमार्गमा को २ च २८८२ नम्बरको ऐम्बुलेन्सले साइकलयात्री माझीलाई ठक्कर दिएको थियो ।

एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते उनको उपचारका क्रममा बिराट टिचिङ अस्पतालमा पौने ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

ठक्कर दिने एम्बुलेन्स र एम्बुलेन्स चालक प्रेम राजवंशी नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्