पाँचथरमा खानेपानीको हाहाकार हुन थालेपछि लिफ्ट प्रविधिबाट घर–घरमै खानेपानी

<span class='c1'>पाँचथरमा खानेपानीको हाहाकार हुन थालेपछि</span> <span class='c2'>लिफ्ट प्रविधिबाट घर–घरमै खानेपानी</span>

जितेन्द्र भण्डारी ,

पाँचथर, जेठ २४ । पाँचथरमा खानेपानीको हाहाकार हुन थालेपछि प्रदेश सरकारले लिफ्ट प्रविधिबाट घर–घरमै खानेपानी पुर्‍याउने योजना बनाएको छ ।

जसले गर्दा पाँचथरबासीको पानीको प्यास ढिलै भएपनि मेटिने भएको छ ।

१३ सय घरलाई पुग्नेगरी पिउने पानी धमाधम बनेपछि स्थानीयबासी खुसी भएका छन् ।

पानीको अभावमा बसाइँ सरी जानेक्रमले गाँउबस्ती पातलिन थालेपछि सर्वसाधारण निराश बनेको बेला प्रदेश सरकारबाट लिफ्ट प्रविधिमा खानेपानी व्यवस्थापन हुन थालेपछि आफ्नै गाउँमा बस्ने इच्छा पलाएको उनीहरुको भनाइ छ ।

पानीको सास्ती खेप्दै आएको पाँचथर जिल्लाको फिदिम नगरपालिका वडा नम्बर–९, लुम्फाबुङ र फाल्गुनन्द गाँउपालिका वडा नम्बर–१, नवमीडाँडाबासी खुसी भएका हुन् ।

गाउँ आसपास भएको मुहान नै सुकेर पानीको अभाव खेप्दै आएका छन् । यस क्षेत्रमा पानीको हाहाकार हुनेक्रम दिनानुदिन बढेपछि प्रदेश सरकारको २१ करोड सहयोगमा निबुखेलाबाट सात किलोमिटरमाथिको बस्तीहरुमा पानी वितरण गर्न लागिएको हो ।

२४ महिनामा सम्पन्न गर्नुपर्ने यस खानेपानीको काम ११ महिनामा ७० प्रतिशत काम सकिएको खानेपानी डिभिजन कार्यालय पाँचथर प्रमुख देवनाथ सिंहको भनाइ छ ।

यतिबेला रिजर्व ट्यांकी, मुख्य पाइपलाइन, विद्युत् विस्तार र कर्मचारी रुगालु आवास भवनको काम अन्तिम चरणमा पुगेको छ ।

पानीको समस्या खेप्दै आएका सर्वसाधारणको घर–आँगनमा चाँडै पानी वितरण गर्ने लक्ष्य लिएर निर्माण क्षेत्रमा स्थानीय तथा जनप्रतिनिधि आफैं सक्रिय भएका छन् ।

कामलाई सहज बनाउन निर्माणकर्तासँगै खटेर कामले गति लिएको उपभोक्ता समितिका अध्यक्ष गगन लावती बताउँछन् ।

पानीको मुहान सीमित भएकोले दैनिक एक घन्टा थापिएको पानीले जीवनयापनमा कठिनाइ भोग्नुपरेको दुखेसो पोख्ने गरेका छन् ।

लिफ्टिङ प्रविधिबाट पानी वितरण भएपछि कृषि उत्पादनमा समेत टेवा पुग्ने स्थानीयले अपेक्षा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्