लकडाउनको अवधिमा निजी अस्पतालमा कार्यरत कर्मचारीहरुको तलब कटौती गरेकोमा आपत्ति

लकडाउनको अवधिमा निजी अस्पतालमा कार्यरत कर्मचारीहरुको तलब कटौती गरेकोमा आपत्ति

लकडाउनको अवधिमा निजी अस्पतालमा कार्यरत कर्मचारीहरुको तलब कटौती गरेकोमा निजी अस्पताल तथा हेल्थ केयर कर्मचारी युनियन नेपाल (युनिफिन) ले आपत्ति जनाएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा ज्ञापनपत्र बुझाउँदै युनिफिनले लकडाउनको समयमा सरकारले गरेका  निर्णयहरुको पूर्णपालना गराउन माग गरेको छ ।

लकडाउनको अवधिलाई सार्वजनिक बिदा सरह मान्न सरकारले दिएको निर्देशनविरुद्ध कर्मचारीको बिदा कटौती गर्ने, बिदा बाँकी नभएका कर्मचारीको तलब कटौती गर्ने, करार अवधि सकिएका कर्मचारीलाई करार नथप्‍ने जस्ता काम निजी अस्पतालहरुले गर्दै आएको ज्ञापनपत्रमा उल्लेख छ ।

विश्वभर देखिएको कोरोनाको जटिल अवस्थामा कर्मचारीमाथि अनावश्यक दबाब सिर्जना गरेर तलब कटौती गर्नेजस्ता न्यूनतम मानवीय संवेदनाबिहीन काममा अस्पताल प्रशासन अग्रसर भएको आरोप ज्ञापन पत्रमा लगाइएको छ । अत्यावश्यकीय सेवामा भएकाले काम छोडेर सडकमा आउन नसकिएको युनिफिनका उपाध्यक्ष दिनेश पोखरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्