इनरुवा अस्पतालमा सफलतापुर्वक सिजेरियन डेलिभरी सेवा दिने स्वास्थ्यकर्मीहरु सम्मानित

<span class='c1'>इनरुवा अस्पतालमा सफलतापुर्वक सिजेरियन डेलिभरी</span> <span class='c2'>सेवा दिने स्वास्थ्यकर्मीहरु सम्मानित</span>

इनरुवा । झोडा फडानी भए सगै स्थापना भएको इनरुवा अस्पतालमा एक वर्ष अगाडीदेखी सुरु गरिएको सिजेरियन डेलिभरी सेवाका स्वास्थ्यकर्मीलाई शनिवार सम्मान गरिएको छ ।

प्रदेश एक सरकार सामाजिक विकास मन्त्रालयको सहयोगमा इनरुवा अस्पतालमा सिईओएनसीमा सुरु गरिएको सिजेरियन डेलिभरी सेवाबाट एक वर्षको अवधीमा ६३ जना गर्भवती महिलाले बच्चा शकुशल अप्रेसन गरेर निकालिएको अवसरमा अस्पतालले विभागमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई सम्मान गरेको हो ।
इनरुवा नगरपालिकाका मेयर राजन मेहताले स्त्रीराृग तथा प्रसुती विशषेज्ञ डा बालकृष्ण साह लगायत प्रसुती विज्ञ डा प्रेक्षा लिम्बू, एनेस्थेटिस्ट सहायक प्रविण तथा अजेन्द्र यादव, स्क्रव सिस्टर निशा मेहता र रेनु साह, का.स. संगिता बजगाई, स्विपर पुल्कित मरिक, लाई सम्मान गरेकाे छ ।

त्यस्तै सिजरियन शुरु गर्न तत्कालीन अवस्थामा ईमर्जेन्सी बिभाग प्रमुख सिअहेव गुणान्द झा, प्रशासन फाँटका उमेश गौतम, ईन्डोरकी ईन्दिरा गौतम लगायतले सहयाेग गरेकाले शल्यविभागले उनिहरुलाइ सम्मान गरेको थियो ।
सिजरियन गर्दा प्रारम्भिक अवस्थामा इनरुवा नगरपालिकाका तथा मेयर राजन मेहताले अाैषधिहरु दिएर सहयाेग गरेकाले नगर प्रमुखलाई मायाकाे चिनाे दिदै धन्यवाद दिएका थिए । मेसु डा सन्तोष राईकाे अध्यक्ष्ातामा भएकाे साे कार्यक्रममा अस्पताल विकास समितिका सदस्य रामप्रसाद मेहता, कानुन अधिकारी, नेकपाका नेता गोपी ढकाल, स्वास्थ्य संयोजक बसन्त सुवेदी तथा अस्पतालका कर्मचारीहरु लगायतको सहभागीता रहेको थियो ।

इनरुवा अस्पतालमा गर्भवती महिलाले सुत्केरी व्यथाले च्यापेपछि सेवा लिन आउने इनरुवा तथा आसपासका गर्भवती महिलाहरुले नर्मल डेलिभरी नहुने अवस्थामा इनरुवा बाहिरको निजी अस्पतालमा महङ्गो शुल्क तिरेर बच्चा जन्माउन बाध्य हुदै आएका थिए ।

इनरुवा अस्पतालमा करार सेवामा कार्यरत डा बालकृष्ण साह नेतृत्वको स्वास्थ्यकर्मीहरुको टोलीले जोखिम मोलेर रक्त संचार सेवा बिना इनरुवा अस्पतालमा प्रदेश सरकारको सहयोगमा सिजेरियन डेलिभरी सेवा दिएपछि यस भेगका गर्भवती महिलाहरुले निशुल्क सेवा पाएका हुन ।

केही वर्ष अगाडि काेशी अञ्चल अस्पतालकाे प्रसुति सेवामा जनशक्तिकाे कमीले सेवा प्रभावित भएको समयमा डा साहले राम्रो सेवा दिएका थिए । थाेरै समयमा नै सेवाका कारण बिराटनगरमा चिनिन सफल भएका साहले तेह्रथुमकाे जिल्ला अस्पतालमा पनि सिईअाेएनसि सेवा अन्तर्गत सिजरियन सेवा प्रदान गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्