कोरोना कोषमा हालसम्म दुई अर्ब ३१ करोड रुपैयाँ जुट्यो

कोरोना कोषमा हालसम्म दुई अर्ब ३१ करोड रुपैयाँ जुट्यो

काठमाडौं । कोरोना प्रकोप नियन्त्रणका लागि सरकारले खडा गरेको कोषमा हालसम्म दुई अर्ब ३१ करोड रुपैयाँ जुटेको छ ।

सरकारले शुक्रबारसम्मको तथ्याङ्क अद्यावधि गरी सार्वजनिक गरेको छ । शुक्रबार अपराह्न ३ बजेसम्म सरकारी कोषमा दुई अर्ब ३१ करोड ८३ लाख ९७ हजार ९३ रुपैयाँ दाखिला भएको मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता रामकुमार पौडेलले जानकारी दिए ।

शुक्रबार मात्रै बालाजु स्कुल अफ इन्जिनियरिङ टेक्नोलोजीले तीन लाख ८८ हजार आठ सय ९ रुपैयाँ जम्मा गरेको थियो । ईशाननाथ नगरपालिकाले एक लाख ८६ हजार २ सय १३, सडक बोर्डले एक लाख ५० हजार ७ सय एक रुपैयाँ जम्मा गरेका थिए ।

सावल सहकारी संस्था लिमिटेडले एक लाख ४७ हजार ६ सय ८८ र पोष्टबहादुर मेमोरियल ट्रस्टले पनि शुक्रबारै एक लाख रुपैयाँ कोषमा जम्मा गरेको मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

कोभिड १९ नियन्त्रणका लागि हालसम्म संघीय सरकारले ६ अर्ब ३ करोड, प्रदेशसरकारहरूले १ अर्ब ८ करोड र स्थानीय तहले २ अर्ब ७६ करोड रुपैयाँ खर्च गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्