सोलुखुम्बुमा वालबिवाह हुदाहुदै रोकियो बिवाह

<span class='c1'>सोलुखुम्बुमा वालबिवाह हुदाहुदै</span> <span class='c2'>रोकियो बिवाह</span>

सोलुखुम्बु, २६ जेठ । जिल्लाको थुलुङ दूधकोशी गाउँपालिका–९, लोखिममा मञ्जुरीका साथ भइरहेको वालबिवाह जनप्रतिनिधि र प्रहरीले रोकिदिएका छन् ।

आइतबार लोखिममा १९ वर्षका किशोर र १६ वर्षीय किशोरीबीच पारिवारीक कुरा मिलाएर दुलाह पक्षबाट दुलाहीको घरमा गएका थिए । त्यसको सुचना पाएपछि प्रहरी र स्थानीय जनप्रनिधि र प्रहरीले बेहुलीको घरमै पुगेर सम्झाई बुझाई गरेर विवाह रोकेको थुलुङ गाउँपालिका वडा नम्बर ९ का वडा अध्यक्ष भूपालसिंह राईले बताउनुभएको छ ।

सम्झाइ बुझाइपछि विवाह रद्ध भएको उहाँले भन्नुभयो । मुलुकी अपराध संहिता, २०७४ को दफा १७३ को उपदफा २ आनुसार २० वर्ष नपुगी मञ्जुरीमा नै गरिएको विवाह कानून विपरीत मानिन्छ ।

साथै उपदफा २ मा विवाह गर्ने गराउने व्यक्तिलाई समेत तीन वर्षसम्म कैद र रु ३० हजारसम्म जरिवाना हुनसक्ने व्यवस्था रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्