खोटाङमा खुकुरी प्रहारबाट एक जनाको मृत्यु

<span class='c1'>खोटाङमा खुकुरी प्रहारबाट</span> <span class='c2'>एक जनाको मृत्यु</span>

खोटाङमा खुकुरी प्रहारबाट एक जनाको मृत्यु भएको छ भने एक महिला घाइते भएकी छन् । आइतबार खोटाङको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छामा खुकुरी प्रहारबाट ६५ वर्षीय डिल्लीराज राईको मृत्यु भएको हो ।

घटनामा उनकी श्रीमति ६२ वर्षीया सममाया राई घाइते भएकी छन् । बिहान पौने ९ बजेको समयमा स्थानीय ३६ वर्षीय शुभराज राईले सोही स्थान बस्ने डिल्लीराज र उनकी श्रीमती सममायामाथि खुकुरी प्रहार गरेका थिए ।

खुकुरी प्रहार गरी घाइते बनाएको भन्ने खबर प्राप्त भएसँगै प्रहरी चौकी खार्ताम्छाबाट खटिएको प्रहरी टोलीले दुवै जनालाई घाइते अवस्थामा फेला पारेको थियो । घाइते दुबै जनालाई उपचारको लागि हेलिकोप्टरद्वारा काठमाण्डौ पठाउने तयारी हुँदै गर्दा डिल्लीराजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

घाइते सममायालाई कैलाश एयरको हेलिकोप्टरद्वारा काठमाडौं पठाइएको छ भने खुकुरी प्रहार गर्ने शुभराज राईलाई नियन्त्रणमा लिई अनुसन्धान कार्य भइरहेको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्