चितवन भरतपुर ११ का कोरोना संक्रमित ६८ पुरुषको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले एक कोरोना संक्रमित पुरुषको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिए ।
उनका अनुसार ती पुरुषमा सोमबार (हिजो ) कोरोनाभाइरसको संक्रमण देखिएको थियो ।
सोही दिन उनलाई नारायणी सामुदायिक अस्पतालबाट भरतपुर अस्पतालको कोभिड आईसीयूमा रिफर गरिएको थियो ।
ज्वरो, मधुमेह र उच्च रक्तचापका बिरामी रहेको प्रवक्ता गौतमले जानकारी दिए । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ ।