कोरोना संक्रमित कुन प्रदेशका कति छन ?

<span class='c1'>कोरोना संक्रमित कुन प्रदेशका</span> <span class='c2'>कति छन ?</span>

नेपालमा कोरोना भाइरसको संक्रमण हालसम्म ४ हजार ३६४ जनामा देखिएको छ ।

जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा २७९ जना थपिएसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ४ हजार ३६४ पुगेको छ ।

कुन प्रदेशका कति छन् ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कअनुसार हालसम्म कोरोना भाइरसको संक्रमण सबैभन्दा बढी प्रदेश २ मा देखिएको छ । जसमा १ हजार ५९२ जना कोरोना संक्रमण देखिएको छ ।

हालसम्म कोरोना भाइरसको संक्रमण कम देखिने प्रदेश वाग्मती रहेको छ । जसमा १४० जना  मात्र कोरोना सक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, प्रदेश १ मा हालसम्म नोभेल कोरोना भाइरसको संक्रमण ३०१ जनामा देखिएको छ । गण्डकी प्रदेशमा हालसम्म १४७ जनामा कोरोना संक्रमण देखिएको छ ।

यस्तै, प्रदेश ५ मा  १ हजार ३१५ जना, कणार्ली प्रदेशमा ७०४ जना र सुदूर पश्चिम प्रदेशमा  १६५ जनामा कोरोना संक्रमण देखिएको छ ।

कोरोना निको हुनेको संख्या हालसम्म ६७४ पुगेको छ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट १५ जनाले ज्यान गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्