भौतिक दुरी र सुरक्षा सतर्कता अपनाएर लकडाउकनको स्वरुप परिवर्तन गर्नुपर्छ : मुख्यमन्त्री राई

<span class='c1'>भौतिक दुरी र सुरक्षा सतर्कता अपनाएर लकडाउकनको</span> <span class='c2'>स्वरुप परिवर्तन गर्नुपर्छ : मुख्यमन्त्री राई</span>

विराटनगर । भौतिक दुरी र सुरक्षा सतर्कता अपनाएर लकडाउकनको स्वरुप परिवर्तन गरी काम सुचारु गर्नुपर्ने प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बताउनुभएको छ ।

प्रदेशसभाको बुधबारको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे उठेका प्रश्नहरुको जवाफ दिने क्रममा मुख्यमन्त्री राईले लकडाउनबाट रोकिएका सबै कामकाज अगाडि बढाउनुपर्ने बताउनुभएको हो ।

कोरोनाको महामारी र लकडाउन आजकै अवस्थामा जारी रहन नसक्ने बताउँदै मुख्यमन्त्री राईले भौतिक दुरी र सुरक्षा सतर्कता अपनाएर सबै काम सञ्चालन गर्नुपर्ने उल्लेख गर्नुभयो । लकडाउनको स्वरुप बदलिने भएकोले सरकारको नीति तथा कार्यक्रम कार्यान्वयनमा समस्या नहुने उहाँको दावी छ ।

सरकारले कारोना रोकथाम, नियन्त्रण र उपचारको क्षेत्रमा योजनाबद्ध र प्रभाबकारी काम गरिरहेको बताउँदै मुख्यमन्त्री राईले अन्य प्रदेशसभन्दा व्यवस्थित काम भइरहेको बताउनुभयो । कोरोना आजको प्रमुख चुनौति भएको बताउँदै उहाँले यसमा सरकार कुनै अलमलमा नपरी र नअत्तालिई एक्सन प्लानको साथ काम गरिरहेको दावी गर्नुभयो ।

कोरोना संक्रमितको उचारको लागि कोभिड अस्पताल बनाएको, परीक्षणको दायरा विस्तार गरिएको भन्दै मुख्यमन्त्री राईले अन्य प्रदेशभन्दा धेरै १३ हजार बढीको पिसिआर परीक्षण भएको दावी गर्नुभयो । पिसिआर परीक्षण ५० हजार पुर्याउने उहाँको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्