चारदिने शिशुमा कोरोना भाइरसको संक्रमण देखियो

<span class='c1'>चारदिने शिशुमा कोरोना</span> <span class='c2'>भाइरसको संक्रमण देखियो</span>

धनगढी । बाजुराको बुढीगंगा नगरपालिकाका एक नवजात शिशुमा कोरोना भाइरसको संक्रमण देखिएको छ । कैलालीको धनगढीस्थित प्रयोगशालामा गरिएको परीक्षणमा बुढीगंगाका चारदिने शिशुमा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

बुढीगंगा नगरपालिकाका चार दिनका शिशुमा कोरोना संक्रमण फेला परेको सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट डा. हेमराज पाण्डेले पुष्टि गरेका छन् । उनका अनुसार बिहीबार सुदूरपश्चिममा २७ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

डा. पाण्डेले बाजुराका १८ जना, कैलालीका सात जना र बझाङका दुई जनामा कोरोना संक्रमण देखिएको जानकारी दिए । उनले बाजुराको बुढिगंगा नगरपालिकाका चार दिनका नवजात शिशु, तीन वर्षीया बालिका, १८, २१, २२, २६, ३६, ४० वर्षीया युवती, ४५ वर्षीया महिला, १४ वर्षीय बालक, २५, २५, ३०, ४२, ५०, ५१, ५२ वर्षीय पुरुष र त्रिवेणी नगरपालिकाका ५० वर्षीय पुरुषमा कोरोना देखिएको बताए ।

पाण्डेले कैलालीको गौरीगंगा नगरपालिकाका वडा नम्बर ५ का २०, २३, २३, २४, २४, २९ वर्षीय पुरुष र घोडाघोडी नगरपालिकाका ३० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको पनि पुष्टि गरे । उनका अनुसार बझाङको थलारा गाउँपालिकाका ३४ वर्षीय पुरुष र बित्थड चीर गाउँपालिकाका ३० वर्षीय पुरुषमा पनि संक्रमण देखिएको छ ।

सुदूरपश्चिममा कोरोना संक्रमति दुई जनाको मृत्यु भइसकेको छ भने १९ जना उपचारपछि घर फर्किसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्