विराटनगर । सोलुखुम्बु दुधकुण्ड–८ शिकारी डाँडास्थित सडकखण्डमा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
ना २ ख ८८४३ नम्बरको ट्रक अनियन्त्रित भई सडकबाट अन्दाजी तीनसय मिटर तल खस्दा दुर्घटना भएको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा परी उदयपुर कटारी–४ सिम्लेका ३५ वर्षीय कुमार परियारको शुक्रबार साँझ घटनास्थलमै मृत्यु भएको थियो ।