मधेसी भनेको भारतीय भन्ने सोच आजदेखि हटाउन महतोको आग्रह

मधेसी भनेको भारतीय भन्ने सोच आजदेखि हटाउन महतोको आग्रह

काठमाडौँ, जेठ ३१ गते । कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएकाे नक्सा अनुसूचीमा समावेश गर्ने विधेयक संशाेधन संसदबाट सर्वसम्मत स्वीकृत हुने जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले बताउनुभएकाे छ ।

प्रतिनिधिसभाको बैठकमा नेपालको संविधान (दोश्रो संशोधन) विधयेक, २०७७ सर्वसम्मतिले पारित गरियोस् भन्ने प्रस्तावपछि उहाँले आफ्नो धारणा राख्नुभएको हो ।
उहाँले यो सामान्य प्रस्ताव नभएको बताउँदै देशको भूमिको सवाल, नेपालको नक्सामा राख्ने सवाल सामान्य विषयवस्तु नभएको बताउँदै राष्ट्रियता, सार्वभौमिकतासँग जोडिएको स्पष्ट पार्नुभयो ।

कालापानी, लिपुलेक र लिम्पियाधुरा संसदबाट स्वीकृत गर्न आएको बताउँदै नेपाली जनताको लागि धेरै महत्वपूर्ण रहेको बताउनुभयो ।
हिमाल, पहाड र तराईका नेपाली आफ्नो भूमिप्रति संवेदनशील रहेको बताउनुभयो ।

मधेसी भनेको भारतीय भन्ने सोच आजदेखि हटाउन उहाँले अनुरोध गर्नुभयो ।
भारतीय सीमामा मधेसी जनताले लडेको छ , त्यहाँ नेपाली सेना राख्न जरुरी छैन बताउँदै जस्तो पीडा भए पनि त्यहाँका जनताले सहेर भारतीयसँग लडिरहेको उहाँले बताउनुभयो ।
लिपुलेक, लिम्पियाधुरा र कालापानी ५८ वर्षअघिदेखि नेपाली भूभाग नै भएको उहाँले स्पष्ट पार्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्