नेपालमा पछिल्लो २४ घण्टामा थप दुईजनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप दुईजनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु

पछिल्लो चौबीस घण्टामा थप दुईजनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

गत जेठ २८ गते वीरगन्जको घण्टाघरमा भेटिएको वेबारिसे शवमा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

उनका अनुसार अन्दाजी २५ वर्षीय पुरुषको वेबारिसे शव पोस्टमार्टमका लागि नारायणी अस्पतालमा ल्याइएको थियो भने स्वाब संकलन गरेर नारायणीकै प्रयोगशालामा परीक्षण गरिएको थियो । जसमा जेठ ३० गते आएको रिपोर्टमा कोरोना पुष्टि भएको उनले जानकारी दिए ।

त्यसैगरी, शुक्रबार वीरगन्ज हेल्थ केयर अस्पतालमा उपचारका क्रममा मृत्यु भएका ५ वर्षीय बालकमा पनि कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. गौतमले बाराको निजगण्ढ नगरपालिका ६ का ५ वर्षीय बालकलाई ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि वीरगन्ज हेल्थ केयर अस्पतालको आइसोलेनमा उपचार क्रममा मृत्य भएका बालकमा कोरोना पुष्टि भएको बताए ।

ती बालकको अस्पतालमा गरिएको आरडीटी परीक्षण पोजेटिभ देखिएको थियो । पीसीआर परीक्षणका लागि बालकको स्वाब संकलन नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको उनले जानकारी दिए । उनले भने, “ती बालकको रिपोर्ट आउनुभन्दा अघि नै मृत्यु भएको हो ।” नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १८ पुगेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्