झापाको घटना : सडकमा लिफ्ट मागेर डेढ लाख लुट्ने समातिए

झापाको घटना : सडकमा लिफ्ट मागेर डेढ लाख लुट्ने समातिए

बिर्तामोडमा लिफ्ट मागेर पैसा लुट्ने दुई जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले अर्जुनधारा– ११ का २४ वर्षीय मन्त चेम्जोङ र ३१ वर्षीय मन कुमार बुढाथोकीलाई पक्राउ गरेको हो ।

गत जेठ २८ गते अर्जुनधारा –४ का अनुप भनिने आइत सुब्बालाई लिफ्ट मागेर साइकलमा घर जाने भन्दै सँगै गएका व्यक्तिले १ लाख ५० हजार लुटेका थिए । सुब्बा ग्लोवल बैंकबाट पैसा झिकेर घर जाँदै गर्दा उनीसँग लिफ्ट मागिएको थियो । लिफ्ट मागेपछि सहयोग गरेका आइतले पैसाको ब्याग उनैलाई बोक्न दिएका थिए । बिर्तामोडका डिएसपी मुकुन्द रिजालले सुब्बालाई अभियुक्तहरुले केहि दिन देखि निगरानी नै गरिरहेको अनुसन्धानबाट खुलेको जानकारी दिए ।

बिच बाटोमा पुगेपछि साइकल रोक्न लगाई चिसो खाने बहानामा पीडितकै मोवाइल मागेर साथी बोलाई मोटरसाइकलमा पैसा लिएर भागेको प्रहरीको भनाई छ ।

सुब्बाको उजुरीको आधारमा प्रहरीले चेम्जोङलाई बिर्तामोड–६ बुट्टाबारीबाट मोटरसाइकलसहित र बुढाथोकीलाई बिर्तामोड –१० तेलपानीबाट नगदसहित पक्राउ गरेको डिएसपी रिजालले जानकारी दिए ।

उनीहरुको साथबाट एक थान पल्सर , ९० हजार नगद, दुई थान मोवाइल र एउटा सिम बरामद गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्