चलचित्र “छिछोरे” मा आत्महत्या नगर्न सुझाउने अभिनेता सुशान्तले आफै गरे आत्महत्या

चलचित्र “छिछोरे” मा आत्महत्या नगर्न सुझाउने अभिनेता सुशान्तले आफै गरे आत्महत्या

एजेन्सी । चर्चित अभिनेता सुशान्तसिंह राजपूतले आत्महत्या गरेका छन् । उनले बान्द्रास्थित आफ्नै घरमा आत्महत्या गरेका हुन्।

सुशान्तको आत्महत्याको खबर उनकाे घरमा काम गर्ने कर्मचारीले बान्द्रा प्रहरीलाई दिएको बीबीसीले समाचारमा जनाएको छ । टेलिभिजनबाट करिअर सुरु गरेका उनले पछिल्लो समयमा ठूलोपर्दामा उल्लेखनीय अभिनयका कारण चर्चा कमाइरहेका थिए ।

‘डिटेक्टिभ ब्योमकेश बक्सी', 'एमएस धोनी : द अनटोल्ड स्टोरी], 'छिछोरे' उनले मुख्य भूमिका निभाएका चलचित्रहरुमध्ये हुन् । 'केदारनाथ' उनको अन्तिम चलचित्र बन्न पुग्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्