मोरङको सुन्दरहरैचामा माछा पोखरीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यू

मोरङको सुन्दरहरैचामा माछा पोखरीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यू

विराटनगर । मोरङको सुन्दरहरैचा नगरपालिका– १० मा रहेको माछा पोखरीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका स्थानीय २० बर्षीय आकाश राई मृत फेला परेका छन् ।

आईतवार राती सवा ८ बजे साथीहरु संगै नुहाउन पोखरीमा पसेका राई डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त भएसंगै बेपत्ता युवकको खोजतलासमा खटिएको बिपद ब्यबस्थापन गुल्म चन्द्रगढी र शशस्त्र प्रहरी सहितको टोलीले सोमबार बिहान ९ बजे राईलाई पोखरी भित्र मृत फेला पारेको हो ।

मृत अवस्थामा फेला पारे संगै कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागी मंगलवारे अस्पताल पठाईएको छ भने अन्य थप अनुसन्धान भई रहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्