आज कुनकुन जिल्लामा कोरोना संक्रमित कति थपिए ?

आज कुनकुन जिल्लामा कोरोना संक्रमित कति थपिए ?

पछिल्लो २४ घण्टामा ३८० जनामा कोरोना भाइरसको संक्रमण भएको देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा दुई जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । जसमा झापाका एक पुरुष र पाचँथरका एक महिलामा रहेका बताएका हुन् ।

धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा चार जनामा कोरोना संक्रमण देखिएको छ । जसमा सुनसरीका दुई  र सिरहाका दुई जना गरी चारजना पुरुषहरु रहेका छन् ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा रौतहटका पाँचजना महिला र ३३ जना पुरुष, महोत्तरीका एकजना महिला र १६ जना पुरुषमा कोरोना पोजेटिभ देखिएको छ ।

नारायणी अस्पताल वीरगञ्जमा गरिएको परीक्षणमा पर्साका २ जना पुरुषमा कोरोना पोजेटिभ पुष्टि भएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा २१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । जसमा गोर्खाका एक महिला ९ पुरुष, नवलपरासीपूर्वका २ जना पुरुष, बगलुङका एक जना पुरुष, तनहुँका २ जना पुरुष, कास्कीका ३ जना पुरुष र स्याङ्जाका ४ जना पुरुषहरु रहेका छन् ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ७६ जनामा कोरोना संक्रमण देखिएको छ । जसमा अछामका एक जना पुरुष, बैतडीका एकजना महिला र २० जना पुरुष, डोटीका एक जना महिला र १९ जना पुरुष , कञ्चनपुरका ११ जना पुरुष, कैलालीका ४ जना महिला र १९ जना पुरुष रहेका छन् ।

भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १० जनामा कोरोना पोजेटिभ देखिएको छ । जसमा बाँकेका एक र बर्दियाका ९ जना पुरुषहरु रहेका छन् ।

गजेन्द्र नारायणसिंह राजविराजको अस्पतालमा गरिएको कोरोना परीक्षणमा सप्तरीका ३ जना पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा नवरपरासीपूर्वका एक जना पुरुषमा कोरोना पुष्टि भएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा अर्घाखाँचीका एकजना महिला, दुई जना पुरुष र रुपन्देहीका एक जना पुरुषमा कोरोना पोजेटिभ देखिएको छ । प्रादेशिक अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा ९ जनामा कोरोना संक्रमण देखिएको छ । जसमा  दैलेखका पाँच जना पुरुष, सुर्खेतका एक महिला र ३ जना पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा धुनषाका २१ जना पुरुष ,रामेछापका १ जना पुरुषमा कोरोना सक्रमण देखिएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ५७ जनामा कोरोना पुष्टि भएको छ । जसमा सल्यानका १ जना पुरुष , दाङका १० जना महिला र ४६ जना पुरुषमा कोरोना पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ११४ जनामा कोरोना संक्रमण देखिएको छ । जसमा काठमाडौंकी एक महिला, अर्घाखाँचीका ६ जना पुरुष, महोत्तरीका एक महिला ७१ जना पुरुष, मोरङका एकजना पुरुष, रौतहटका १४ जना पुरुष, रोल्पाका एकजना पुरुष, रुपन्देहीका तीनजना पुरुष र सलार्हीका १६ जना पुरुषमा कोरोना संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए  ।

उनले भने “हालसम्म कोरोना संक्रमितको कुल संख्या छ हजार ५९१ पुगेको छ । जसमा ४९९ जना महिला र छ हजार ९२ पुरुष रहेका छन् ।”

हालसम्म कोरोना संक्रमण देखिने जिल्ला ७३ पुगेको छ । नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट १९ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्