विद्युतको मूल्य घट्यो , यस्तो छ असारबाट लागू हुने नयाँ मुल्य

<span class='c1'>विद्युतको मूल्य घट्यो , यस्तो छ</span> <span class='c2'>असारबाट लागू हुने नयाँ मुल्य</span>

विद्युत नियमन आयोगले विद्युत महसुल घटाएको छ । असार महिनाको खपतमा लागू हुने गरी नयाँ भाउ निर्धारण गरिएको हो । ५ एम्पियर लाइन लिएर न्यनतम् मासिक १० युनिटसम्म खपत गर्ने तल्लो तहका ग्राहकलाई ३० रुपैयाँ डिमान्ड शुल्क लगाइएको छ । तर बिजुली भने निःशुल्क दिइने भएको छ ।

आयोगका अनुसार ११ देखि २० युनिटसम्म खपत गर्दा डिमान्ड शुल्क ३० रुपैयाँ तिर्नुपर्नेछ । प्रतियुनिट शुल्क ३ रुपैयाँ कायम भएको छ । यस्तै २१ देखि ३० युनिटसम्म खपत गर्नेले ५० रुपैयाँ इनर्जी शुल्क र ६.५० रुपैयाँ प्रतियुनिट विद्युत महसुल लाग्‍नेछ ।

३१ देखि ५० युनिट खपत गर्ने ग्राहकले ५० रुपैयाँ डिमान्ड शुल्क र ८ रुपैयाँ प्रतियुनिट महसुल तिर्नुपर्छ । यसैगरी ५१ देखि १०० युनिटसम्म खपत गर्दा ७५ रुपैयाँ डिमान्ड शुल्क र ९.५ रुपैयाँ प्रतियुनिट, १०१ देखि १५० युनिटसम्म खपत गरे घरेलु ग्राहकले १०० रुपैयाँ डिमान्ड शुल्क र ९.५० रुपैयाँ प्रतियुनिट, १५१ देखि २५० युनिटसम्म खपत गर्ने ग्राहकका लागि १२५ रुपैयाँ डिमान्ड शुल्क र १० रुपैयाँ प्रतियुनिट महसुल लाग्‍नेछ ।

२५१ देखि ४०० युनिटसम्म खपत गर्दा १५० रुपैयाँ डिमान्ड शुल्क र ११ रुपैयाँ प्रतियुनिट महसुल तिनुपर्नेछ। ४०० युनिटभन्दा माथि बिजुली खपत गर्ने घरासयी ग्राहकले १५० रुपैयाँ डिमान्ड शुल्कसहित १२ रुपैयाँ प्रतियुनिट तोकिएको छ ।

समग्रमा बिजुलीको भाउ १० प्रतिशतले घटेको आयोगका प्रवक्ता रामप्रसाद धितालले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्