रबिन्द्र बराल
माेरङकाे सुनवर्सी नगरपालिकाकाे बडा नम्बर ९ रहेको अादर्श माध्यमिक बिधालय र वडा नम्बर ४ स्थित गान्धी अास्रममा स्थापना भएको क्वारेन्टाइन र जनता माध्यमिक बिधालयलाई ?एक संस्थाले सहयोग गरेको छ ।
आरएमडिसि लघुवित्त वित्तीय संस्था लिमिटेड ईटहरीले उक्त क्वारेन्टाइनमा भारत तथा बिदेशबाट अाएका स्थानीयहरुलाई नुहाउने सावुन , माक्स र बाल्टिन हस्तान्तरण गरेको छ। सदभाब बचत तथा ऋण सहकारी संस्थाको पहलमा अादर्श बिधालय र गान्धी अास्रमा रहेको जनता बिधालयकाे क्वारेन्टाइनमा रहेका ८० जना युवाहरुलाई ५० थान वाल्टिन, ५ सय थान मास्क र ९० पिस साबुन वितरण गरेको सद्भावका अध्यक्ष कमलेश्वार ठाकुरले बताए ।
उक्त संस्थाले १२ हजार रुपैयाँ बारेको सहयोग गरेको थियोे । उक्त कार्यक्रम स्थानीय, बुद्धिजीवी लगायतकाे उपस्थित रहेको थियोे ।