नेपालमा कोरोना संक्रमणमा नयाँ रेकर्ड ,६७१ संक्रमित थपिए

<span class='c1'>नेपालमा कोरोना संक्रमणमा नयाँ</span> <span class='c2'>रेकर्ड ,६७१ संक्रमित थपिए</span>

नोभेल कोरोना भाइरसका ६७१ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ६७१ संक्रमित थपिएका हुन् ।

यो अहिलेसम्मकै दैनिक उच्च वृद्धि हो । बुधबार एकैदिन ५८६ कोरोना संक्रमित थपिएका थिए भने मंगलबार ३८० संक्रमित थपिएका थिए । देशभरका ७४ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । कुल कोरोना संक्रमित ७ हजार ८४८ जना रहेका छन् ।

हालसम्म देशभरका २२ प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको छ ।

देशभर हालसम्म एक लाख  हजार ५५ हजार ५१८  पीसीआर परीक्षण गरिएको छ भने दुई लाख हजार ४३ हजार ७५ हजार  जनाको आरडीटी परीक्षण गरिएको  छ । पछिल्लो २४ घण्टामा ५ हजार ७४६ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका विभिन्‍न क्‍वारेन्टिनमा एक लाख १६ हजार २१५ मानिसहरु रहेका छन् भने आइसोलसनमा ६ हजार ६४८ कोरोना संक्रमितहरु रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्