काठमाडौं महानगरमा कुकुर पाल्न वडामा शुल्क तिरेर दर्ता गर्नुपर्ने

काठमाडौं महानगरमा कुकुर पाल्न वडामा शुल्क तिरेर दर्ता गर्नुपर्ने

तपाईं कुकुर पाल्दै हुनुहुन्छ ? यदि पाल्दै हुनुहुन्छ भने अनिवार्य दर्ता गराउनुपर्नेछ । अब वडामा शुल्क तिरेर कुकुर दर्ता गरेपछि मात्र कुकुर पाल्न अनुमति पाउनुहुनेछ ।

महानगरबासीले मनपरी रुपमा कुकुर पाल्ने, जथाभावी दिसापिसब गराउने र रोगी र बूढो भएपछि बाटोमा छाडिदिने बानीको अन्त्य गर्न काठमाडौं महानगरपालिकाले अनिवार्य रुपमा कुकुर दर्ता गराउने नीति अघि सारेको हो

कामपाले बिहीबार सार्वजनिक गरेको आव २०७७/२०७८ को नीति तथा कार्यक्रममा यस्तो व्यवस्था ल्याएको हो । कामपाका मेयर विद्यासुन्दर शाक्यले कुकुर पाल्नेले राम्रोसँग हेरबिचार गर्नुपर्ने भावनालाई अघि बढाउँदै अनिवार्य रुपमा कुकुरको दर्ता गर्न लागेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘अब कसैले पनि कुकुर पाल्दा वडामा दर्ता गरेर, रेकर्ड राखेपछि मात्रै अनुमतिपत्र दिनेछौं ।’

नीति तथा कार्यक्रमको आर्थिक तथा रोजगारी नीतिअन्तर्गत कृषि, खाद्य तथा पशु नीतिको ६७ नम्बर बुँदामा घरपालुवा तथा छाडा पशुमा हुने रेबिज रोगको उन्मूलन गर्न बृहत् भेक्सिनेसन कार्यक्रमअन्तर्गत घरपालुवा जनावरको स्वाथ्य जाँच सेवाका लागि उपचार केन्द्रको व्यवस्था गरिने उल्लेख छ । सोही बँुदामा कुकुर पाल्नका लागि महानगरको अनुमति अनिवार्य गरिने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्