कमेडी च्याम्पियनका फस्ट रनर्सअप “खबपु” अब टेलिभिजनको पर्दामा देखिने

कमेडी च्याम्पियनका फस्ट रनर्सअप “खबपु” अब टेलिभिजनको पर्दामा देखिने

कमेडी च्याम्पियनका फस्ट रनर्सअप खबपु अर्थात् खडगबहादुर पुन मगर अब नेपाल टेलिभिजनको पर्दामा देखिने भएका छन्।
अर्गानिक कमेडियनको उपमा पाएका खबपुले एनटिभी प्लसबाट शनिबार राती ९ बजे प्रसारण हुने अति भो सिरियलमार्फत दर्शकलाई हँसाउन लागेका हुन्।

समसामयिक विषयवस्तुमा आधारित रहेर हास्यव्यंग्यमार्फत चेतना र सन्देश प्रवाह गर्ने हेतुले तयार पारिएको उक्त सिरियलमा रियाशा दाहाल, शर्मिला शर्मा, युगज्योति क्रियाशील, कञ्चन खड्का, राहुल श्रेष्ठ, सुमन सागर जंग केसी, चन्द्र पाण्डे, सुरज खनाल, तिलक कोइराला, सीमा ढकाललगायतको अभिनय रहेको छ।

सुरज, तिलक र चन्द्रको लेखन, दिलिप विष्टको छायांकन रहेको उक्त सिरियलका निर्देशक सन्तोष खनाल हुन्। सिरियल मिडिया हब युट्युब च्यानलमा पनि हेर्न सकिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्