उदासीनता (डिप्रेसन): एक समान्य रोग र बढ्दो मानसिक रोग – चेतन खड्का

<span class='c1'>उदासीनता (डिप्रेसन): एक समान्य रोग र बढ्दो</span> <span class='c2'>मानसिक रोग – चेतन खड्का</span>

मानसिक रोग भन्नाले हाम्रो स्वास्थ अवस्थामा जस्तै भावनाहरु, सोचाई र व्यवहार(या मिश्रीत यी तीननैमा) गडबडी आउनु हो। मानसिक रोग तनाब, दु:ख संग  सम्बंदित हुन्छ र एसले आफ्नो दैनिक कम, सामाजिक काम, वा पारिवारिक गतिविधिहरू  समस्या निम्ताउने  गर्छ । मानसिक रोग लाज मान्नुपर्ने  कुरा वा बिषय होइन। यो एक चिकित्सा स्वास्थ्य संग सम्बंदित समस्या  हो, जस्तै हृदय रोग वा मधुमेह।

उदासीनता : डिप्रेसन विश्वबयापी एक धेरैनै  सामान्य तर जटिल मानसिक विकार हो। यसले लगभग कुनै पनि उमेरमा जो कोहीलाई असर गर्न सक्छ, तर केहि मानिस उदास हुनुको कारण सधैं थाहा हुँदैन। अनुसन्धानकर्ताहरूले भने अनुसार निराश हुनुको विभिन्न कारण हुन्छन् र यसलाई सधैं रोकथाम पूर्ण रुपले गर्न सकिन्छ भन्ने हुदैन। उदासीनता इ कारणहरुलेनि हुनसक्छ जस्तै: जेनेटिक्स(वा वंशानुगत), मस्तिष्का रसायन बाट , केही चिकित्सा अवस्था(साररिक वा  भौतिक), लागु पदार्थ प्रयोगहरु बाट , तनाव, गरिबी र खाना-पोषणको कमीले

विश्व स्वास्थ्य संस्था अनुसर उदासीनता(डिप्रेसन) को मुख्य तथ्यहरू:

-उदासीनता एउटा साधारण तर जटिल मानसिक विकार हो। विश्वव्यापी रूपमा, सबै उमेरका गरि २६.४ करोड भन्दा बढी मानिसहरू उदासीनताबाट ग्रस्त छन् (२०२० को नया तथ्य अनुसार)।

-उदासीनता अशक्तताको एक प्रमुख कारण हो र  समग्रह विश्वभरि हेर्दा यो रोग एक जटिल बिषय हो जसले आरु मानसिक रोग लाई झन् जटिल र गारो बनाउद छ ।

-पुरुषहरू भन्दा बढी उदासीनताले महिलाहरूलाई असर गरिरको हाल को तथ्याकहरुले देखाऊ छ।

-उदासीनताले आत्महत्यालाई पनि निम्ताउन सक्छ।

-मध्यम र गम्भीर उदासीनताको लागि प्रभावकारी मनोवैज्ञानिक औषधि र अनिय उपचारहरू छन्।

उदासीनताचै दुःखी तथा नरमाइलो मात्र अनुभव गर्नु होइन। यो अरु रोगहरु सरह हो जसले व्यक्तिलाई कष्ट दिन्छ। यो व्यक्तिगत कमजोरीको मात्र चिन्ह्रचै होइन । उदासीनता कम्तिमा दुई हप्ता वा बढी समयको अवधिमा देखिने एउटा मानोरोग हो, जस्तै उदासीनता (डिप्रेसन)- Depression को निम्न विभिन्न लक्षणहरु देखा पर्दछन्, समान्य १० लक्षणहरु निम्न छन:

 

-असहाय र निराशाको भावना: आफुलाई अर्थहिन/मूल्यहिन भएको महसुस गर्ने।

-दैनिक गतिविधिहरूमा चासोको कमी: पहिलेका सोखहरूमा मन्न नलाग्नु, काम र सामाजिक कृयाकलापमा रुचि नराख्ने, जीवन प्रति रुचि कम हुन, वा सेक्सको बारेमा वास्ता गर्नुहुन्न, खुशी हुने क्षेमत हराउँदै जानु।

-भोक वा वजन परिवर्तन: खाना खानमा गडबढी, शारीरिक वजन एकदमै घट्नु/बढ्नु।

-निद्रा परिवर्तन: निन्द्रा नलाग्नु, चाईनु भन्दा बडी सुत्नु।

-रिस वा चिड़चिड़ापन: बेचैन महसूस, आक्रामक व हिंसात्मक हुनु, सहनशीलता काम हुनु, चाडो रिसाउनु  आधि।

-शारीरिक ऊर्जा कमि महसुस गर्नु: थकित, अल्छी र शारिरिक रूपमा कम्जोर महसुस गर्नु । सम्पूर्ण शरीर भारी भएको  महसुस गर्नु , र साना कामहरू गर्दापनि थकानको महसुस गर्नु।  

-आत्म घृणा: आफुले आफैलाई बेकामे ठान्नु, खाली आफुलाई मात्र दोष दिनु, आत्महत्याको सोचाई आउनु।

-लापरवाह व्यवहार: कामहरु टार्ने, अल्छे हुनु अनि अन्न्याँत्रित काम हरुमा सम्लंगा हुनु जस्तै मादक  पदार्थ/ लागु पदार्थ दुरुपयोग गर्नु , जुवा तासमा दिनभर रातभरि संलग्न हुनु , लापरवाह सवारी साधनहरु चलाउनु।

-एकाग्रता(ध्यान) दिने कुराहरुमा समस्या आउनु: ध्यान केन्द्रित गर्न गारो हुने , निर्णय लिन नसक्ने , वा बितेका चीजहरू लाई मात्र सम्झना गर्ने ।

-नसोचेको दुखाइ र पीडा: शारीरिक गुनासो बढ्नु जस्तै; टाउको दुख्ने, कम्मर दुख्ने, मांसपेशी दुख्ने, र पेट दुखाई।

 

(माथिका उदासीनताको लक्क्षन छोटो समयका लागि मात्रै देखिए जस्तै दुई हप्ता भन्दा कम भने एस्लाई उदासीनता भनेर मानिदैन)

उदासीनता(डिप्रेसन)- Depression को उपचारका सुझावहरू: 

-आफ्नो बारेमा चिन्ता वा माथि को उलेखिक कारणहरुले सताये जस्तो लगेको छ भने सुरुमा मनोसामाजिक परामर्शदाता/ मनोविमर्शकर्ता सग सम्पर्ग गरेर परामर्स र सल्ला लिनु।

-उदासिनताको बारेमा जति सक्दो जान्नु-खोज्नुहोस्, गूगल(Google) गर्नुहोस।

-सही वा ठिकसँग उपचार हुन यसलाई समय लाग्छ, न आतिनु र औषधीले मात्र ठिक हुन्छ भन्ने ब्रममाचै बस्नुहुँदैन।

-सामाजिक, साथी, आफन्त/ परिवारहरुको  मद्दतको आवस्यक्त पर्छ। मद्दत माग्नु कमजोरीको चिह्न होईन र यसको मतलब यो होइन कि तपाईं अरूलाई बोझ हुनुहुन्छ।

उदासीनता(डिप्रेशन) एक संवेदनशील मानसिक रोग हो। मनोविश्लेषकहरुको अध्ययन अनुसन्धान अनुसार अबको  आउने दिनहरुमा उदासीनता विश्वकै नम्बर १  मा आउने ठूलो रोग हो भनेर उहाँको अनुमान छ।त्यै भएर अहिलेको यस्तो संवेदनशील समयमा हामीले आफ्नो ख्याल राम्रोसँग राख्नुपर्छ र सँगसँगै आफ्नो वरिपरि भएको  माहोलमा पनि सबैलाई सकेसम्म सहयोग गरेर बस्नुपर्छ। अहिले संचार माध्यममा हामी धेरै समाचारहरु सुनिरहेको  हुन्छ र आत्महत्याको समस्या पनि धेरै जटिल रुपमा फैलिरहेको छ र यो आत्महत्याको पछाडी पनि उदासिनताको एउटा परीणाम हो भनेर मान्न सकिन्छ। उदासीनता सँगसँगै चिन्ता पनि एउटा मनोरोग हो। उदासीनता र चिन्ता सँगसँगै देखियो भने झन बिकराल रूप लिन्छ।

त्यसैले मानिसहरुलाई मायाको, स्नेह, साथ सहयोग, सहानुभूति, करुणाको एकदमै खाँचो हुन्छ। यी सबलाई साथ दिदै अंगाल्दै साथ लिँदै र दैनिकीमा प्रयोग गरियो भने हामी आफूलाई खुशीको अनुभूति हुन्छ। साथ र सहयोग मिल्दै गयो भने हामी आफ्नो-काम धयान दिएर, मन लगाएर गर्न सकिन्छ र दैनिकी राम्रो हुन्छ।

चेतन खड्का -मनोसामाजिक परामर्शदाता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्