प्रदेश १ सरकारले सडक धमाधम कालोपत्रे गर्न थालेपछि पाँचथरबासी उत्साहित

प्रदेश १ सरकारले सडक धमाधम कालोपत्रे गर्न थालेपछि पाँचथरबासी उत्साहित

जितेन्द्र भण्डारी 

पाँचथर । प्रदेश १ सरकारले सडक धमाधम कालोपत्रे गर्न थालेपछि पाँचथरबासी उत्साहित भएका छन् ।

वर्षमा ६ महिना पनि सडकमा राम्रो गाडी गुडाउन मुस्किल पर्ने पाँचथरमा प्रदेश सरकारले मुख्य सडकहरु कालोपत्रे गर्न लागेपछि जिल्लावासी हर्षित भएका हुन् ।

पूर्वाधार विकास कार्यालय पाँचथरले पाँचथर र ताप्लेजुङ जिल्लाका ८ वटा ठूला सडक र पुलको काम द्रुत गतिमा अगाडी बढाएको छ ।

जसमध्ये फिदिम—फालोट सडक अन्र्तगत नाँगिनको तृतियासम्म कालोपत्रे हुने सडकको ३५ प्रतिशत काम भैसकेको छ ।

सरखण्डे यासोक सडक कालोपत्रेको काम २५ प्रतिशत, सिवादोभान—नवमीडाँडा सडकको कालोपत्रे गर्ने कार्य ३५ प्रतिशत सकिएको पूर्वाधार विकास कार्यालय पाँचथरका प्रमुख ललित चौधरीले जानकारी दिए ।

ताप्लेजुङमा फुङलिङ नगरपालिका कञ्चनजंघा बेसक्याम्प सडकको १५ प्रतिशत, गुफाभुजे देउराली गोरजा चाँगे दोभान जोड्ने १५ प्रतिशत कालोपत्रे गर्ने कार्य भइसकेको छ ।

तुम्बेवा र मिक्लाजुङ गाउँपालिका जोड्ने नावाखोलाको पुलको काम ३५ प्रतिशत यस्तै कुम्मायक र तुम्बेवा गाउँपालिका जोड्ने साँवाखोला पक्की पुलको काम अहिलेसम्म ३० प्रतिशत, ताप्लेजुङको फाँवा खोला पुलको काम १५ प्रतिशत सकिएको छ ।

घर घरमा सडक पुग्न थालेपछि स्थानीयले खुसी लागेको बताएका छन् । द्रुत गतिमा काम हुने हो भने पाँचथरमा अबको ५ वर्षभित्र मुख्य तथा पालिकाको केन्द्र पुग्ने सडकहरु प्राय कालोपत्रे भइसक्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्