बाँदर रुग्ने टहरोबाट पेस्तोल र डेटोनेटर बरामद

बाँदर रुग्ने टहरोबाट पेस्तोल र डेटोनेटर बरामद

विराटनगर । भोजपुरको षडान्द नगरपालिका–१ ताबुबाट वेवारिसे अवस्थामा एक थान कटुवा पेस्तोल र विष्फोटक पदार्थ बरामद भएको छ ।

इलाका प्रहरी कार्यालय दिङ्लाको गस्ती टोलिले बिहीबार साँझ बाँदर रुग्नका लागि बनाइएको टहरोमा पेस्तोल बरामद गरेको हो ।
प्रदेश प्रहरी कार्यालय विराटनगर रानीका प्रहरी उपरीक्षक दिपक पोखरेलका अनुसार बाँदर रुग्नेहरुले पेस्तोल राखेको सूचनाका आधारमा प्रहरी पुग्दा टहरोमा २ थान डेटोनेटर सहित पेस्तोल फेला परेको थियो । डेटोनेटरलाई नेपाली सेनाको टोलिले डिस्पोज गरेको थियो ।
यसैगरी तेह्रथुमको लालिगुराँस नगरपालिका–७ बाट समेत प्रहरीले एक जनालाई बन्दुकसहित पक्राउ गरेको छ । स्थानीय २२ वर्षीय लालबहादुर तामाङले आफ्नै घरमा राखेको हतियार प्रहरीले बरामद गरेको हो ।
प्रहरीले विशेष सुचनाका आधारमा हतियारसहित नियन्त्रणका लिएका व्यक्तिलाई आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्