सुनसरी चतराको होल्डिङ केन्द्रमा विदेशबाट आईपुगे १०४ जना नागरिक

सुनसरी चतराको होल्डिङ केन्द्रमा विदेशबाट आईपुगे १०४ जना नागरिक

विराटनगर । रोजगारीका लागि तेस्रो मुलुक गएका प्रदेश १ का १०४ जना नागरिक चतरा होल्डिङ केन्द्रमा ल्याईपु¥याइएको छ ।
तेस्रो मुलुकका नागरिक मात्रै राख्नका लागि प्रदेश सरकारले सञ्चालनमा ल्याएको चतराको होल्डिङ केन्द्रमा उनीहरुलाई शुक्रबार ल्याइएको हो ।
बुधबार काठमाण्डौं आएकामध्ये प्रदेश १ का नागरिकलाई बिहीबार नै ल्याएर राखिएको हो । नेपाली सेनाको व्यवस्थापनमा रहेको होल्डिङ केन्द्रमा नागरिकको स्वास्थ्य अवस्था बुझेर सम्बन्धित स्थानीय तहको क्वारेन्टीनमा पठाइने छ ।
पूर्वी पृतना इटहरी सूचना तथा जनसम्पर्क शाखाका अनुसार सिंगापुरबाट आएका २०, थाईल्याण्डबाट आएका २१ जना, बंगालदेशबाट १० जना र अन्य विभिन्न देशबाट ५४ जना आएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्