नेपालमा मनसुन सक्रिय बन्दै , अझै एक साता वर्षा हुने क्रम जारी रहने

नेपालमा मनसुन सक्रिय बन्दै , अझै एक साता वर्षा हुने क्रम जारी रहने

नेपालमा मनसुन सक्रिय बन्दै अझै एक साता वर्षा हुने क्रम जारी रहने भएको छ । मनसुन भित्रिएर देशभर फैलने क्रममा वर्षा सुदूरपश्चिम पुग्न थालेको छ । त्यहाँदेखि यताका क्षेत्रमा विगत एक सातादेखि नै वर्षा हुने क्रम कायम छ । अझै एक साता यो क्रम जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुन देशभर प्रशस्त रूपमा फैलने क्रममा रहेको मौसमविद् शान्ति कँडेलले बताउनुभयो । अहिले कर्णाली प्रदेशसम्म पुगेको मनसुनको सक्रियताका कारण देशव्यापी रूपमा बदलीको अवस्था रहेको जनाइएको छ । हाल भारतको पूर्वी उत्तर प्रदेशको भूूभागमा न्यून चापीय प्रणाली रहेको छ । मनसुन सक्रिय भएसँगै वर्षा हुने क्रम जारी रहँदा देशका ठूला, साना नदीको बहाव बढ्दैछ । बाढी पूर्वानुमान महाशाखाका जलविज्ञ सुनील पोखरेलका अनुसार शनिबार बिहानैदेखि नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, गुल्मी, पाल्पा, बागलुङ, प्युठान र आसपासका धेरै स्थानमा मध्यमदेखि भारी वर्षा मापन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्