कोरोनाबाट जोगिएन ओखलढुङ्गा

कोरोनाबाट जोगिएन ओखलढुङ्गा

विराटनगर । लामो समयसम्म प्रदेश १ को ओखलढुङ्गामा समेत कोरोना भाईरस (कोभिड–१९) संक्रमण फैलिएको छ । योसँगै प्रदेश १ का १४ वटै जिल्लामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको हो ।
ओखलढुंगामा पहिलो पटक एकजनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।संक्रमित व्यक्ति लिखु गाउँपालिका–३ का २८ वर्षीय पुरुष हुन् ।
गाउँपालिकाका स्वास्थ्य संयोजक दिनानाथ चौधरीका अनुसार क्वारेन्टाइनमा रहेका ९ जनाको स्वाब संकलनपछि परीक्षण गर्दा एकजनाको रिपोर्ट पोजेटिभ आएको हो ।
गाउँपालिकाले संक्रमितको सम्पर्क पहिचान (कन्ट्याक ट्रेसिङ) को काम सुरु गरिसकेको चौधरीले जानकारी दिनुभयो । संक्रमित व्यक्ति भारतको गोरखपुरमा मजदुरी गरेर नेपााल फर्केका हुन् ।उनी जेठ ३० गते झापाको नाकाबाट नेपाल प्रवेश गरेका थिए ।
उनी ओखलढुंगा पुगेलगत्तै गाउँपालिकाले क्वारेन्टीनमा राखेको थियो । संक्रमित व्यक्तिको स्वास्थ्य अवस्था सामान्य रहेको र उनलाई सोमबार (आज) विराटनगरस्थित कोभिड १९ उपचार केन्द्रमा भर्ना गर्नका लागि पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्