तमोर नदीले बगाएर ३ जना बेपत्ता

<span class='c1'>तमोर नदीले बगाएर</span> <span class='c2'>३ जना बेपत्ता</span>

बिराटनगर । ताप्लेजुङ र तेह्रथुम जिल्लाका २ स्थानमा तमोर नदिले बगाएर ३ जना बेपत्ता भएका छन् । सोमबार दिउँसो २ बजेको समयमा घरबाट टिपटालातर्फ जाँदै गरेका ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका–६ का ५७ बर्षीय कालुमान तक्मादेन लिम्बुलाई स्थानीय सिजनेमा खोलाले बगाएर नजिकै रहेको तमोर नदीमा पुर्‍याई बेपत्ता बनाएको हो । बेपत्ता भएका लिम्बुको खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
यसैगरी सोमबार दिउँसो ३ बजे साथीहरुसंगै तमोर नदीमा पौडी खेल्न गएका तेह्रथुम आठराई गाउँपालिका–५ होडाका १५ बर्षीय सन्तोष तामाङ र १८ बर्षीय रन्जित शेर्पालाई पनि तमोर नदिले बगाउँदा बेपत्ता भएका छन् ।
पौडी खेल्न गएका उनीहरुलाई अचानक नदीले बगाएको सँगै रहेका साथीहरुले जानकारी गरेपछि स्थानीयसहित खोजतलास गर्दा फेला नपरेपछि ईलाका प्रहरी आठराईमा जानकारी गराएसँगै प्रहरी टोली समेत खटि गई खोजतलास भईरहेको प्रदेश प्रहरी कार्यालयको सुचना समन्वय शाखाले जानकारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्