धरानमा मोटरसाइकलबाट हतियार बरामद

धरानमा मोटरसाइकलबाट हतियार बरामद

सुनसरी । सुनसरीको धरान–१५ बाट १ जना हतियार सहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटा शहिदभुमी गाउँपालिका–६ स्थितमा बस्ने २७ बर्षीय रोशन राई रहेका छन् ।

उनलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय अनुसन्धान समुह र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
धरान–१५ मा लुकीछिपी बसेका राईलाई बिशेष सुराकका आधारमा बुधबार राती पक्राउ गरिएको थियो । राईलाई पक्राउ गरिएसंगै थप अनुसन्धान गर्ने क्रममा धरान१५ स्थित रामहंस मार्गमा उनले प्रयोग गरेको मोटरसाईकल पार्किङ गरी राखेको अवस्थामा बिहीबार बिहान बरामद गरिएको थियो ।


बरामद गरिएको मोटरसाईकल चेकजाचँ गर्ने क्रममा उनैले सिटमुनी प्लाष्टिकमा बेरेर लुकाई छिपाई राखेको १ थान पेस्तोल, ३ राउण्ड गोली फेला पारी बरामद गरिएको हो । साथै पक्राउ परेका राईको साथबाट २ थान मोबाईल र ६ थान सिम कार्ड समेत फेला पारी बरामद गरिएको छ ।
पक्राउ परेका राई विरुद्ध सुनसरी जिल्ला अदालतबाट हातहतियार खरखजना मुद्दामा अनुसन्धानका लागि दिन ६ म्याद थप गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्