प्रदेश १ सहित पाँचवटा प्रदेशमा भारी वर्षा हुने, सचेत रहन विभागको आग्रह

प्रदेश १ सहित पाँचवटा प्रदेशमा भारी वर्षा हुने, सचेत रहन विभागको आग्रह

विराटनगर । देशभरका सातै प्रदेशमा शुक्रबार पूर्ण बदली भई धेरै स्थानमा वर्षा भईरहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुनेछ ।

यी प्रदेशका केही स्थानमा भारी वर्षा हुने भन्दै विभागले सचेत रहन सबैमा आग्रह गरेको छ ।
शुक्रबार राति सबै प्रदेशहरुमा पूर्ण बदली रहेर हल्का देखि मध्यम वर्षाको संभावना रहे पनि प्रदेश १ र प्रदेश २ तथा गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको संभावना रहेको विभागले जनाएको छ ।

भारी वर्षा हुने भनिएका क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले उच्च सतर्कता अपनाउन विभागले सचेत गराएको छ ।
विराटनगरमा भने बिहीबार बिहानै देखी परेको बर्षाका कारण विभिन्न स्थानमा जलमग्न भएको छ । विराटनगरमा अहिले बदली भई पानी परिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्