ट्रक व्यवसायीलाई सरकारले वार्तामा बोलायो, आइतबार वार्ता हुने

ट्रक व्यवसायीलाई सरकारले वार्तामा बोलायो, आइतबार वार्ता हुने

विराटनगर । ट्रक व्यवसायी संघले असार १६ गते अर्थात् सोमबारदेखि देश व्यापी हड्तालमा उत्रने चेतावनी दिएपछि सरकारले त्यसको अघिल्लो दिन आइतबार (भोलि) नै वार्तामा बोलाएको छ ।

गत असार ८ गते देशभरिका ४२ वटा ट्रक व्यवसायीहरुले प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाउँदैै हड्तालमा उत्रने जनाउ दिएपछि सरकारले वार्तामा बोलाएको हो ।

अर्थ मन्त्रालयले नेपाल ट्रक यातायात व्यवसायी महासंघलाई वार्ताका लागि बोलापछि आइतबार आफ्ना माग र गुनासा सरकार समक्ष राख्ने तयारीमा पुगेका हुन् । व्यवसायीहरू ढुवानीमा लगाइएको भ्याटको विरोधमा छन् । वार्तामा उनीहरूले भ्याट हटाउन माग गर्नेछन् ।
अर्थ मन्त्रालयबाट हामीलाई वार्ताका लागि बोलाइएको छ–महासंघका अध्यक्ष राजेन्द्र श्रेष्ठले वार्तामा बोलाइएको बारे जानकारी दिदैं भने, स्वतःस्फूर्त आन्दोलन गर्ने तयारीले सरकारलाई बाध्य बनायो । उनले आन्दोलन गर्ने कुनै औपचारिक घोषणा नभई स्वतःस्फूर्त रहेको दावी समेत गरेका छन् ।

देशभरि ४० हजारको संख्यामा ट्रक यातायात व्यवसायी छन् । व्यवसायीले स्वतःस्फूर्त रूपमा असार १६ गतेदेखि ढुवानीका साधन नचलाउने भनेका थिए । वार्तापछि आन्दोलनका कार्यक्रम जारी रहने वा नरहने सरकारको प्रस्तुतीमा भर पर्ने बताउँदै अध्यक्ष श्रेष्ठले, तीन सदस्यीय वार्ता टोलि सहभागी हुने जानकारी दिए । त्यसमा अध्यक्ष श्रेष्ठसहित राजेन्द्रविक्रम बानियाँ र कोषाध्यक्ष ओमकृष्ण कार्की रहने छन् ।
गत जेठ १५ गते ल्याइएको आगामी आर्थिक वर्षको बजेटबाट ट्रक तथा ढुवानी व्यवसायीले धोका पाएको आरोप उनीहरुको छ ।

यस अगाडी २०७६ असार ३ गते अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्माको अध्यक्षतामा सरोकारवालाको बैठक भएको थियो । बैठकले ढुवानीका साधनका सवारी दर्ता किताब (ब्लु बुक)–का आधारमा पनि स्थायी लेखा नम्बर (पान) दिन सकिने निर्णय गरेको थियो । ढुवानी भाडामा कट्टा हुने रकम पनि सोही पान नम्बरबाट जम्मा गर्ने र यसरी पान लिएर ढुवानीसम्बन्धी कार्य गर्दा थ्रेस होल्ड नलाग्ने र यसका लागि आवश्यक सम्बोधन २०७७÷२०७८ को बजेटले गर्ने आश्वासन दिइएको थियो ।

त्यो सहमति कार्यन्वयन नभएपछि यातायात व्यवसायी पीडित हुनु परेको निष्कर्षसहित ट्रक खरिद गर्दाताका बैंकमा त्यसको कागजात हुने र व्यक्तिको नाममा नआउँदै भ्याटमा दर्ता हुन समस्या भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्