देशभर १२ हजार ३०९ संक्रमित पुगे, देशका ७७ जिल्लामै पुग्यो कोरोना भाईरस

देशभर १२ हजार ३०९ संक्रमित पुगे, देशका ७७ जिल्लामै पुग्यो कोरोना भाईरस

विराटनगर । देशभर पछिल्लो २४ घण्टामा ५५४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । नेपालमा यससँगै संक्रमितको सख्ंया १२ हजार ३०९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्याले नियमित पत्रकार सम्मेलन गरी नेपालका ७७ जिल्लामै नै संक्रमित भेटिएको जानकारी दिइएको छ । पछिल्लो पटक रसुवाका ८ महिला र एक पुरुष गरी ९ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका हुन् ।

मन्त्रालयले पत्रकार सम्मेलनमा जानकारी दिए अनुसार काठमाडौं उपत्यकामा ५ जना कोरोना संक्रमित भेटिएका छन् । काठमाडौंमा एक महिला र तीन पुरुष र भक्तपुरका एक पुरुष्नामा संक्रमण पुष्टि भएको हो ।

बाजुरामा एकैदिन ८६ जना संक्रमित थपिएका छन् । यस्तै डोटीका ७१, प्युठानका ४९, रौतहटका ३४, दाङका ३१, महोत्तरीका ३०, पाल्पाका २६, बैतडीका २४, स्याङजाका २१, अर्घाखाँचीका १८, कैलालीका १४ तथा अछाम र सल्याानका १३–१३ जनामा संक्रमण देखिएको छ ।

कपिलवस्तुका ९ जना, बझाङ, डडेलधुरा, बाग्लुङ, रुपन्देही र बाराका ८–८ जना, सुर्खेत, उदयपुर र गुल्मीका ७–७ जना, सर्लाही र नुवाकोटका ६–६ जना, इलाम, स्याङ्जा, कञ्चनपुर र बर्दियाका ५–५ जना, बाराका ४ जना, धनुषा र धादिङका ३–३ जना, पर्सा, मोरङ, डोटी, नवलपुर, बाँके, चितवन र मकवापुरका २–२ जनामा संक्रमण पुष्टि भएको छ । जाजरकोट, पर्सा, पाँचथर र रोल्पाका एकएक जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

पछिल्लो २४ घण्टामा ४ हजार ६०६ संकलन स्वाब नमुनाको पीसीआर टेष्ट गरिएको थियो । मन्त्रालयको तथ्यांकअनुसार ६ असारमा सबैभन्दा धेरै ७४१६ नमुना परीक्षण भएको थियो । त्यसयता क्रमशः घट्दो क्रममा रहेको छ । हालसम्म कुल २ लाख १० हजार ८७६ नमुनाको पीसीआर टेष्ट भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्