अनलाइन कक्षामा मनोरञ्जन लिदैं पढ्छन्, विराटनगरको मारिया किड्स मन्टेश्वरीका बालबालिका

अनलाइन कक्षामा मनोरञ्जन लिदैं पढ्छन्, विराटनगरको मारिया किड्स मन्टेश्वरीका बालबालिका

विराटनगर । मारिया किड्स मन्टेश्वरी स्कूलले आमूल परिवर्तनको ढोका खोलेर बालबालिकाहरुमा नयाँ ऊर्जा थप्ने कार्यक्रम अगाडी सारेको छ ।
समयको माग अनुसार हरेक व्यक्ति र कार्यले गति परिवर्तन गर्दछ भने झैँ मारियाले बालबालिकालाई अनलाइन मनोरञ्जनसहितको कक्षा सञ्चालनमा ल्याएको हो ।
कोरोनाको महामारीका कारण शैक्षिक संस्थाहरु ठप्प रहेको बेला बालबालिकाहरुलाई जुम एपको माध्यमबाट मनोरञ्जनात्मक तरिकाले शिक्षा प्रादन गर्ने कार्यक्रम सुरु गरिएको छ ।
यो विद्यालयले कक्षा एलकेजी देखि कक्षा २ सम्म म्यासेन्जरमा कक्षागत ग्रुप निर्माण गरेर गृहकार्य आदानप्रदान गर्ने र सोही ग्रुपमा जुम एपको लिंक पठाउँदै आएको छ ।
बिना आइडी र पासवर्ड बिनानै कक्षामा जोडिन सकिने सहज तरिका अपनाउँदै विद्यालयले मोबाइल र ल्यापटपका पर्दामा शिक्षक र विद्यार्थी बीच मनोरञ्जनात्मक कुराकानीबाट कक्षा थालनी गरेको हो ।


नयाँ विषयवस्तु सम्बन्धी छलफलमा बालबालिकालाई सहभागी गराउने र सोही अनुसारको गृहकार्य शिक्षकले दिने गरेका छन् । ४० मिनेटको जुम कक्षाका लागि शिक्षकहरु पूर्ण तयारी हुने र बालबच्चालाई पढौँपढौँ लाग्दा लाग्दै कक्षा टुंगिने गर्दछ ।
नयाँ किसिमको मनोरञ्जनात्मक र प्रभावकारी कक्षा सञ्चालनका लागि अभिभावकको समेत अतुलनीय योगदान रहेको छ भने विद्यार्थीहरुको सिकाइमा भने साँच्चिकै नयाँपन आएको कुरा विद्यालयका प्रिन्सिपल मनिष पोखरेलको दावी छ ।

उहाँका अनुसार बालबालिका भनेका काँचो माटो हुन जस्तो बनाउन खोज्यो त्यस्तै बन्छ्न् । ठूला विद्यार्थीलाई समेत गह्रो बनेको अनलाइन कक्षा ५ देखि ८ वर्ष सम्मका बालबालिकाहरुले अभिभावकको सहयोगमा सहज मानेर पढीरहेका छन्। दिइएको गृहकार्यलाई होडबाजीका रुममा कसले छिटो ग्रुपमा पठाउने भन्ने एक किसिमको मनोवैज्ञानिक प्रतिस्पर्धा समेत बालबालिकामा बढेको पाइन्छ । विद्यालय लागेको समयमा भन्दा उत्कृष्ट हेन्डराइटिङले ग्रुप भरिने गर्दछ र विद्यालको फेसबूक पेजमा बालबालिकाको लेखनलाई पोष्ट गरेर विद्यालयले अझ हौसला समेत प्रदान गराउने गरेको छ ।

यस्तो जटिल परिस्थितिमा पनि बालबालिकाको सिकाइका लागि हरेक दृष्टिकोणबाट विद्यालय हरदम प्रयत्नरत छ भने अभिभावकबाट पनि विद्यालयलाई अतुलनीय सहयोग प्राप्त हुँदै आएको कुरा प्रिन्सिपल पोखरेलले बताउनु भयो ।
बालबालिकाको सिकाइका लागि शिक्षक, विद्यालय प्रशासन र अभिभावक एकजुट हुन सकेमा जस्तै जटिल परिस्थितिमा पनि सिकाइले निरन्तरता पाउँछ भन्ने भनाइलाई पुष्टि गराउनका निमित्त मारिया किड्स मन्टेश्वरी स्कुल मोरङ जिल्लाकै एउटा उत्कृष्ट उदाहरण बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्