विराटनगर । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ कार्की छापमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
ट्रकका चालक सुन्दरहरैंचा–९ का २९ वर्षीय राजु श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो ।
सोमवार राती साँढे ९ बजे बिराटनगरबाट धनकुटातर्फ जाँदै गरेको को १ ख ४३६६ नम्बरको ट्रक अनियन्त्रीत भई दुर्घटना हुँदा सडक नजिकै रहेको कल्पना सुब्बाको घरलाई समेत क्षति पु¥याएको छ ।
सडकबाट अन्दाजी ५० मिटर ट्रक तल खसेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । उक्त दुर्घटनामा कल्पना सुब्बाको १२ बर्षीया छोरी जुनु सुब्बा सामान्य घाईते भई स्थानीय मेडिकलमा उपचारार्थ पठाईएको तथा अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।