थपियो उत्साह, मासियो खेति

थपियो उत्साह, मासियो खेति

विराटनगर । असार १५ लाई राष्ट्रिय धान दिवसको रुपमा दिनभर उत्साहसहित मनाउने प्रचलन देशैभरी बढ्दै गएको छ । तर, देखिएकोे उत्साह भने खेति मासिएपछि सुरु भएको छ ।
अन्न भण्डारको रुपमा चिनिने प्रदेश १ मा पछिल्लो १५ वर्षको अवधीमा मात्रै ५४ हजार हेक्टर खेतियोग्य जमिन मासिएको छ । जमिन बाँझो राख्ने र जग्गा टुक्र्यााउने प्रचलनले भूमिको उत्पादकत्व विस्तारै नासिदैं गएको छ । जसका कारण वर्षेनी उत्पादनमा कमि आउँदै परनिर्भरतातर्फ उन्मुख हुँदै गएको देखिन्छ ।

प्रदेश १ मा खेतियोेग्य जमिन ३ लाख १२ हजार हेक्टर क्षेत्रफलमा खुम्चिएको छ । पछिल्ल्लो १५ वर्षमा लगातार जमिन बाँझिने र टुक्रिने क्रम नरोकिँदा ५४ हजार क्षेत्रफल खेतियोग्य जमिन नासिएको हो । अन्न उब्जाउने जमिन नासिदैं जाँदा परिनिर्भरता कसरी बढिरहेको भन्ने उदाहरण भन्सार कार्यालयबाट खाद्य सामाग्री आयातको तथ्यांकले पुष्टि गर्दछ ।

एकवर्षको अवधीमा मात्रै २ अर्ब ५० करोड भन्दा बढी मूल्यको धान र चामल भारतबाट भित्रिएको छ । काकडभिट्टा भन्सार र विराटनगर भन्सारबाट चालु आर्थिक वर्ष २०७६÷२०७७ को ११ महिनामा छ करोड ६३ हजार केजी धानचामल भित्रिएको देखिन्छ । जसमध्ये विराटनगरबाट २ अर्ब २४ करोड मूल्य बराबरको र काकडभिट्टा नाकाबाट ५४ करोड २ लाख ४० हजार मूल्य बराबरको धान र चामल भित्रिएको भन्सार कार्यालयको तथ्यांकमा उल्लेख छ । धानचामल बाहेक मकैै, कोदो र फापर समेत आयात हुने गरेको छ ।

प्रदेश १ सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका अनुसार झापा, मोरङ, सुनसरी र उदयपुरसहित प्रदेशका १४ जिल्लामा वार्षिक ११ लाख ९८ हजजार ७०४ मेट्रिक धान उत्पादन हुँदै आएको उल्लेख छ । आजभन्दा १७ वर्ष अगाडीको तथ्यांक हेर्दा धानको उत्पादन १६ लाख ४७ हजार मेट्रिक टन देखिन्छ । प्रदेश १ मा दुई सिजन बर्खे र हिउँदे धान उत्पादन हुने गरेको छ ।
अहिलेको उत्पादन अवस्थाले प्रदेश १ का १४ जिल्लालाई थेग्दै आएको छ । तर, खेति लगाउनका लागि देखिदैं आएको संस्थागत उत्साहको अनुपातमा उत्पादन वर्षेनी घट्दै गएको छ । प्रदेश १ ले आफ्नो प्रदेशमा खपत गरेको झण्डै ३ हजार मेट्रिक टन धान अन्यत्र निर्यात गर्ने क्षमता राख्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्