आफ्नै कमी कमजोरी ढाक छोप गर्छौं भने हामी कहिले सुध्रिन सक्दैनौं : मन्त्री गुरुङ

<span class='c1'>आफ्नै कमी कमजोरी ढाक छोप गर्छौं भने</span> <span class='c2'>हामी कहिले सुध्रिन सक्दैनौं : मन्त्री गुरुङ</span>

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ्ले आफ्नो काँधमा आएको कुनै पनि जिम्मेवारी एकदमै पूर्ण रुपले टुङ्गाउन नसकेको किन भन्ने ठूलो प्रश्न कडा भएको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित प्रेस चौतारी नेपाल काठमाडौं जिल्ला समितिको छैटौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले अहिले विचारमा रक्तसञ्चार र संगठनमा गतिशिलता आउन नसकेको भन्दै यसमा ठूलो प्रश्न उठेको बताएका हुन् ।

उनले भने, ‘अहिले किन हाम्रो विचारमा रक्तसञ्चार भईरहेको छैन, किन हाम्रो संगठनमा गतिशिलता छैन, किन हामी कुनैपनि पाएको जिम्मेवारी एकदमै पूर्ण रुपले टुङ्गाउन सक्दैनौं । किन यो आजको हाम्रो प्रश्न हो । हामी आफ्नो कमी कमजोरी ढाक छोप गर्ने काम गर्छौ भने हामी कहिले सुध्रिन सक्दैनौं । गएको चुनावमा पनि कमजोरी भएको थियो, हाम्रो पार्टी पहिलो पार्टी हुनु पर्दैन ।’

यसको साथै, उनले केन्द्रीय च्यासलले अभियान नल्याइकन तलको जनसंगठन कुनै चल्दै नचल्ने भएको पनि गुनासो गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्